काठमाडौं । टाइम फर्मास्युटिकल्स लिमिटेडले बुक बिल्डिङ प्रक्रियामार्फत प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारीस्वरूप योग्य संस्थागत लगानीकर्ताका लागि रोड शो सम्पन्न गरेको छ।
होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा १४५ भन्दा बढी योग्य संस्थागत लगानीकर्ताका प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा कम्पनीले आफ्नो वित्तीय अवस्था, व्यवसाय विस्तार योजना र आईपीओसम्बन्धी जानकारी प्रस्तुत गर्दै आशयपत्र (इन्डिकेटिभ बिड) सम्बन्धी विवरण उपलब्ध गराएको जनाएको छ।
कम्पनीका अनुसार योग्य संस्थागत लगानीकर्ताले असार २२ देखि २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् भने असार २९ गते बोलपत्र खोलिनेछ। टाइम फर्मास्युटिकल्सले ५३ करोड रुपैयाँ जारी पुँजीको २०.५ प्रतिशत बराबर १० लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्दैछ। यसमध्ये ४० प्रतिशत अर्थात् ४ लाख ३४ हजार ६०० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको जनाएको छ।
कम्पनीले विभिन्न मूल्यांकन विधिका आधारमा प्रतिकित्ता औसत मूल्य ६६६.७८ रुपैयाँ निर्धारण गरेको छ भने योग्य संस्थागत लगानीकर्ताका लागि ६०० रुपैयाँ आधार मूल्य प्रस्ताव गरेको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्