बागमती। लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी सुरु भएको छ। सरकारले उद्योग सञ्चालनको प्रक्रिया अघि बढाएसँगै कारखानाको भौतिक पूर्वाधार, मेसिन तथा उपकरणको अवस्था परीक्षण गर्ने काम भइरहेको छ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीका अनुसार उद्योग पुनः सञ्चालनका लागि सम्बद्ध निकायले उपकरण परीक्षण, स्थलगत अनुगमन तथा आवश्यक प्राविधिक मूल्याङ्कन गरिरहेका ।
हेटौँडा कपडा उद्योग विसं २०३२ मा स्थापना भएको थियो। उद्योगले विसं २०३५ देखि २०५६ सम्म कपडा उत्पादन गरे पनि विसं २०५७ देखि पूर्ण रूपमा बन्द रहेको छ ।
सरकारले चालु आर्थिक वर्षदेखि उद्योग पुनः सञ्चालनको तयारी थालेपछि सम्बन्धित सरकारी निकायको सक्रियता बढेको छ। हेटौँडा कपडा उद्योगसँगै बुटवल धागो उद्योग र बाँकेको कपास उत्पादन कारखाना पनि लामो समयदेखि बन्द अवस्थामा छन् ।















प्रतिक्रिया दिनुहोस्