Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

बूढीगङ्गामा इन्टरनेट सेवा अवरुद्ध

बूढीगङ्गामा इन्टरनेट सेवा अवरुद्ध
विज्ञापन
Advertisement

बाजुरा ।जिल्लाको बूढीगङ्गा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा एक होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी भएपछि यहाँको इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

साँफे–मार्तडी राजमार्गमा पर्ने बाम्का बजारमा शुक्रबार नवदुर्गा होटलमा ग्यास पड्किएर आगलागी हुँदा इन्टरनेटको तार जलेपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुरा शाखाले जनाएको छ । बाम्का बजारमा आगलागी भएपछि विद्युत्को तारसँगै इन्टरनेटको पनि जलेको नेपाल टेलिकम बाजुराका प्राविधिक गङ्गाराम जैशीले बताए ।

उनका अनुसार टेलिकमको तार जलेको डडेल्धुरामा खबर गरिसकेको छ । मर्मत टोली आइतबारसम्म आइपुग्ने टेलिकमका प्राविधिक जैशीले बताए । त्रिवेणी नगरपालिका र बूढीगङ्गा नगरपालिकामा विस्तार गरिएका तार जलेर नष्ट भएको छ भने मार्तडीको इन्टरनेटमा पनि खराबी आएका कारण इन्टरनेट सेवा सञ्चालन हुन नसकेको जैशीको भनाइ रहेको छ । इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्लाका सञ्चारमाध्यम र सरकारी तथा वित्तीय संस्थाहरूको काम प्रभावित बनेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit