Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

मौद्रिक नीतिको प्रभावकारी कार्यन्वयन भए अर्थतन्त्र चलायमान हुन्छ : निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल

मौद्रिक नीतिको प्रभावकारी कार्यन्वयन भए अर्थतन्त्र चलायमान हुन्छ : निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत वित्तीय स्थायित्व कायम गर्नका लागि कार्यन्व्यनको पाटो प्रभावकारी हुनुपर्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आर्थिक गतिविधि चलायमान बनाउन मौद्रिक नीति समग्रमा सकारात्मक रहेको तर कार्यन्व्यन पाटो थप प्रभावकारी हुनुपर्ने मल्लको भनाई छ ।

राष्ट्रबैंकले सार्वजनिक गरेको मौद्रिक नीतिप्रति धारणा व्यक्त गर्दै निवर्तमान अध्यक्ष मल्लले नीजि क्षेत्रको विश्वास अभिवृद्धि गर्ने र वित्तीय प्रणालीलाई थप सुदृढ बनाउने व्यवस्था स्वागतयोग्य रहेको उल्लेख गरे ।

यद्यपी निजी क्षेत्रले अपेक्षा गरेअनुसार व्यवसाय गर्ने लागत घटाउने, कर्जाको ब्याजदर तथा वित्तीय लागत कम गर्ने र उत्पादनमूलक क्षेत्रमा सहज तथा प्रभावकारी कर्जा प्रवाह सुनिश्चित गर्ने विषयमा अझ ठोस कदम आवश्यक रहेको मल्लको भनाइ छ ।

मल्लले स्टार्टअप तथा नवप्रवर्तनशील व्यवसायका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिँदै एकद्वार केवाईसी प्रणाली कार्यान्वयन गरी बैंकिङ प्रक्रियालाई थप सरल, छरितो र डिजिटल बनाउन आग्रह गरे ।

वित्तीय क्षेत्रले डिजिटल प्रविधिको प्रभावकारी कार्यन्वयन गर्न सके अनावश्यक कागजी प्रक्रिया र ढिलाइ हट्ने मल्ले बताए ।

नेपाल निर्जिवन बीमा वयवसायी संघका अध्यक्ष समेत रहेका अध्यक्ष मल्लले मौद्रिक नीतिको वास्तविक सफलता यसको प्रभावकारी कार्यान्वयन मा निर्भर रहने उल्लेख गरे ।

अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंक र निजी क्षेत्रबीच सुदृढ समन्वय तथा सहकार्य अपरिहार्य रहेको मल्लले बताए ।

नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्न सके लगानी, उत्पादन, रोजगारी सिर्जना र आर्थिक वृद्धिले अपेक्षित गति लिने उनको विश्वास छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit