Advertisement
Advertisement
Corporate Samachar
८ श्रावण २०८३, शुक्रबार
Advertisement
Advertisement

गणेश नेपाली आत्मदाह प्रकरणमा पूर्वन्यायाधीश बास्तोलाको नेतृत्वमा न्यायिक छानबिन समिति गठन

गणेश नेपाली आत्मदाह प्रकरणमा पूर्वन्यायाधीश बास्तोलाको नेतृत्वमा न्यायिक छानबिन समिति गठन
विज्ञापन
Advertisement

काठमाडौं। सरकारले मुगुका गणेश नेपालीको आत्मदाह तथा मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक छानबिन समिति गठन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा पूर्व–सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया सदस्य रहेका छन्।

सरकारले समितिलाई गठन भएको मितिबाट सात दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्ने कार्यादेश दिएको छ। मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको गत असार २६ गते वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा निधन भएको थियो। घटनापछि नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको थियो।

सहमतिको पहिलो बुँदामा घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने उल्लेख गरिएको थियो। सोही सहमतिअनुसार मन्त्रिपरिषद्ले न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit