Advertisement
Advertisement
Corporate Samachar
८ श्रावण २०८३, शुक्रबार
Advertisement
Advertisement

सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह

सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
विज्ञापन
Advertisement

विराटनगर। कर्मचारी सञ्चय कोष शाखा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२ -८३ को अवधिमा सञ्चय कोष भुक्तानी एवं विशेष सापटीअन्तर्गत कूल रु एक अर्ब ६९ करोड १९ लाख ४१ हजार रकम प्रवाह गरेको जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

जसअन्तर्गत सञ्चय कोष भुक्तानीतर्फ तीन हजार ५०४ जनालाई रु एक अर्ब सात करोड २७ लाख र विशेष सापटीतर्फ एक हजार ६८१ जनालाई रु ६१ करोड ९२ लाख प्रवाह गरेको छ ।

सोही अवधिमा सामाजिक सुरक्षा सुविधाअन्तर्गत कार्यक्रिया अनुदानतर्फ ५६ जनालाई रु २२ लाख ४० हजार, औषधोपचार खर्चवापत ६९ जनालाई रु ११ लाख १२ हजार ३०५, सुत्केरी तथा शिशु स्याहार योजना खर्चवापत एक हजार ६५६ जनालाई रु एक करोड २४ लाख २० हजार र विशेष आर्थिक सुविधा (कल्याणकारी) तर्फ तीन जनालाई रु चार लाख ५० हजार वितरण गरिएको कार्यालय प्रमुख रुकमणि ठकुरीले जानकारी दिए।

प्रमुख ठकुरीका अनुसार घर सापटीतर्फ धितोमा आधारित सापटी १६५ जनालाई रु ४४ करोड ५५ लाख रकम प्रवाह भएको छ । सुनसरी र मोरङ कार्य क्षेत्र रहेको सो शाखाले चालु आर्थिक वर्षदेखि खोटाङ र ओखलुढुङ्गा क्षेत्र विस्तार गरी सोलुखुम्बूलाई कर्जा क्षेत्र विस्तारका लागि कार्यालयबाट सिफारिस भएको उनले बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit