Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

तत्काल निर्णायक कदम नचाले स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडी बढाउन निकै गाह्रो छः स्वास्थ्य मन्त्री गौतम

तत्काल निर्णायक कदम नचाले स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडी बढाउन निकै गाह्रो छः स्वास्थ्य मन्त्री गौतम
विज्ञापन
Advertisement

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई अघि बढाउने वा परिमार्जन गरेर अघि बढ्ने सन्दर्भमा केही दिनभित्रै कडा निणर्य गर्ने बताएकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार काठमाडौंमा आयोजित अस्पतालहरुको वित्तीय व्यवस्थापन सम्बन्धी गोष्ठिमा उनले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न धेरै नै गाह्रो भएको बताइन् । अस्पतालहरुलाई सरकारले करोडौँ रुपैयाँ भुक्तानी गर्न बाँकी भएको, बीमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन नभएको तथा औषधि आपूर्ति र वितरण सन्दर्भमा धेरै नै गुनासाहरु आइरहेको उल्लेख गर्दै उनले मन्त्रालयले यसलाई प्राथमिकता दिएर निर्णायक कदम नचाले बीमा कार्यक्रम नै अगाडि बढ्न नसक्ने बताइन् । त्यसका लागि आफूले काम गरिरहेको र केही दिनभित्रै निर्णाय गर्ने मन्त्री शर्माको भनाइ छ ।

‘अहिले सरकारको प्राथमिकतामा तीन वटा कुरा मुख्य राखेका छौं, त्यसमा बीमा, औषधी र आपूर्ती रहेको छ। करोडौँ भुक्तानी गर्न बाँकी छ । बीमा कार्यक्रम धेरै नै गाह्रो गरी चलाइराखिएको छ । यो विषयमा एउटा निर्णायक कदम नचाल्ने हो भने बीमा कार्यक्रम ठिक तरिकाले अघि बढ्न सक्दैन’, मन्त्री गौतमले भनिन्, ‘बीमालाई के गर्ने भनेर हामीले कडा निर्णय गर्नुपर्ने छ, त्यसमा ऐन नै संशोधन गर्नुपर्ने देखिन्छ, हामीले तयारी गरिराखेका छौं । केही दिनभित्रै कडा निर्णय गर्छौं ।’

यस्तै, उनले बीमा कार्यक्रम अन्र्तगत नपाइने औषधि चिकित्सकलाई बिरामीको लागि प्रेस्काइब नगर्न आग्रह गरिन् । चिकित्सकले बीमाले दिने औषधिको लिस्ट नहेरी प्रेस्काइब गरिदिँदा बिरामीले फार्मेसीमा औषधि नपाएपछि बीमाले महँगो औषधि नदिने रहेछ भन्ने भ्रम परेको भन्दै त्यसलाई चिर्नुपर्ने बताइन् । उनले बिरामीलाई चिकित्सकले बीमामा आउने र नआउने औषधिको लिस्ट हेरेरै सम्झाउन आवश्यक रहेको बताइन् । ‘यहाँ हुनुभएका सबै अस्पताल प्रमुखहरुलाई म अनुरोध गर्छु आफ्ना चिकित्सकहरुलाई बीमाले दिने औषधिको लिस्ट पढेर मात्र बिरामीलाई प्रेस्काइब गर्नुस् भन्नुस् ’ मन्त्री गौतमले भनिन् ।

यस्तै सरकारी अस्पतालका चिकित्सकले महँगो मूल्यको न्युट्रास्युटिकल्स अनावश्यक रुपमा प्रेस्काइब गरेको पाइएको भन्दै त्यसलाई तत्काल रोक्न अस्पताल प्रमुखहरुलाई उनले निर्देशन दिइन् । ‘कतिपय अवस्थामा हाम्रा चिकित्सकहरुले बिरामीहरुलाई नचाहिने न्युट्रास्युटिकल्सहरु पनि प्रेस्काइब गरिराखेका छन् । बीमाले त्यो औषधि त दिँदैन नि। हामीले सरकारी अस्पतालका बिरामीलाई न्युट्रास्युटिकल्सहरु प्रेस्काइब गर्न हुँदैन भनिराखेका छौं । चिकित्सक संघले हाम्रो अधिकार हो भनिराखेको छ। तर, अनावश्यक रुपमा सरकारी संस्थामा आएका बिरामीलाई न्युट्रास्युटिकल्सहरु प्रेस्काइब नगर्नुस् । १० रुपैयाँको क्याल्सियमले पुग्ने ठाउँमा पाँच हजारको न्युट्रास्युटिकल्स प्रस्काइब गर्नुपर्ने आवश्यकता छैन् । यस्ता कुरामा कार्यालय प्रमुखहरुले आ–आफ्नासंस्थाका चिकित्सकहरुलाई निर्देशन दिएर कडाइका साथ पालना गर्न लगाउनुस् ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit