Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

बजारबाट ३० अर्ब तान्दै राष्ट्र बैंक

बजारबाट ३० अर्ब तान्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

काठमाडाैं ।नेपाल राष्ट्र बैंकले आज (चैत २० गते) बैंकिङ्ग प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ। बैंकिङ्ग प्रणालीमा देखिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै पैसा संकलन गर्न लागेको हो। राष्ट्र बैंकका अनुसार निक्षेप संकलनका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँका गुणात्मक अनुपातमा भाग लिन सक्नेछन्।

विज्ञापन
Advertisement
Advertisement

बोलकबोलमा ब्याजदरको आधारमा प्रतिस्पर्धा गर्नुपर्नेछ भने बहुब्याजदर प्रणालीमा पनि सहभागी हुन सकिने व्यवस्था गरिएको छ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र यस प्रक्रियामा भाग लिन पाउनेछन्। संकलित निक्षेप २१ दिन अवधिका लागि हुनेछ भने २०८२ वैशाख १० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

चैत महिनामा राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि यो छैटौँ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्न लागेको हो। यसअघि चैत ३ गते ३० अर्ब, ६ गते २५ अर्ब, १० गते २० अर्ब, १३ गते ३० अर्ब र चैत १७ गते २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरिसकेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit