Advertisement
Advertisement
Corporate Samachar
१० श्रावण २०८३, आईतवार
Advertisement
Advertisement

एमबिएस प्रश्नपत्र चुहावट घटनामा समिति बनाएर शिक्षामन्त्री उम्किन खोजेको गैरेको आरोप

एमबिएस प्रश्नपत्र चुहावट घटनामा समिति बनाएर शिक्षामन्त्री उम्किन खोजेको गैरेको आरोप
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा (एमाले) का नेता ठाकुर गैरेले एमबिएस प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्रीले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने टिप्पणी गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

शनिबार आयोजित एक कार्यक्रममा गैरेले एमबिएस प्रश्नपत्र चुहावटजस्तो गम्भीर घटनापछि शिक्षामन्त्रीले जिम्मेवारी स्वीकार गर्नुको सट्टा कार्यदल गठन गरेर घटनालाई ढाकछोप गर्न खोजेको बताएका छन् ।

गैरेले भारतमा यस्तै प्रकृतिका घटनापछि जनदबाबका कारण शिक्षामन्त्रीले राजीनामा दिएको उल्लेख गर्दै नेपालमा भने त्यसको विपरीत कार्यदल गठन गरेर शिक्षामन्त्री जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाए । ‘भारतमा भइरहेको आन्दोलनले शिक्षामन्त्रीले राजीनामा दिनुपर्यो । त्यो शिक्षा क्षेत्रको एउटा मागको विषयले हो’, गैरेले भने,‘ नेपालमा पनि एमबिएसको प्रश्नपत्र लिक भएको छ, शिक्षामन्त्रीले राजीनामा दिनुको सट्टा कार्यदल बनाएर ढाकछोप गर्न खोज्दैछन्, सरकार उम्किन खोज्दैछ।’

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबिएस) को साउन ८ गते भएको परीक्षामा प्रश्नपत्र सार्वजनिक गरेको विषय शनिबार बाहिरएको हो । यो प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ। आजै परीक्षा नियन्त्रण महाशाखाले यो घटनाको छानबिन गर्न प्रा डा अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति पनि गठन गरेको छ। समितिलाई छानबिन सात कार्यदिनभित्र प्रतिवेदन पेस गर्न समय तोकिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit