Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कुमारी बैंक लिमिटेडद्वारा निवर्तमान ‘कुमारी’ शाक्यलाई सात लाख बढी छात्रवृत्ति रकम प्रदान

कुमारी बैंक लिमिटेडद्वारा निवर्तमान ‘कुमारी’ शाक्यलाई सात लाख बढी छात्रवृत्ति रकम प्रदान
विज्ञापन
Advertisement

काठमाडौं । कुमारी बैंक लिमिटेडले जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई छात्रवृत्ति रकम प्रदान गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले प्रत्येक वर्ष बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि छात्रवृति दिँदै आएको छ । उनकै कार्यकाल सुरु भएको वर्षदेखि एक लाख रुपैयाँको छात्रवृत्ति कोष खडा गरि बैंकले रकम जम्मा गराउँदै आएको छ ।

यस छात्रवृत्तिको उद्देश्य कुमारीको कार्यकाल समाप्ति पश्चात् उनको आगामी शैक्षिक यात्रामा सहयोग पु¥याउनु रहेको बैंकले जनाएको हो ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकले सो कोषमा जम्मा भएको कुल ७ लाख ३८ हजार ८११.९५ रुपैयाँ निवर्तमान कुमारी तृष्णा शाक्यलाई शैक्षिक छात्रवृत्तिका रूपमा एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।

बैंकले आगामी दिनमा समेत यस्ता सामाजिक कार्यक्रमहरूलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit