Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको प्रतिबद्धता

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको प्रतिबद्धता
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो समय देशका विभिन्न स्थानमा भएका घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार राष्ट्रका नाममा नेपाली र मैथिली भाषामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले कुनै पनि घटनालाई धर्म, जात वा समुदायसँग जोडेर अतिरञ्जित बनाउन नहुने बताए। उनले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कमजोर बनाउने गतिविधिप्रति सबै नागरिक सचेत रहनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्रीले धर्मका नाममा अराजकता फैलाउने, सामाजिक सद्भाव भड्काउने तथा एउटा घटनालाई अतिरञ्जित बनाउँदै समाजमा विभाजन सिर्जना गर्ने प्रयास नगर्न सबै पक्षलाई आग्रह गरे । उनले कानुन सबैका लागि समान रहेको उल्लेख गर्दै कुनै पनि दोषीलाई उन्मुक्ति नदिइने स्पष्ट पारे ।

हाल देखिएको तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री शाहले सरकार शान्ति, सुरक्षा र नागरिकको जीवनरक्षाप्रति पूर्ण रूपमा जिम्मेवार रहेको बताए । घटनाको सत्यतथ्य पत्ता लगाउन निष्पक्ष अनुसन्धान गरिने र त्यसका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने उनको भनाइ थियो।

सम्बोधनमा प्रधानमन्त्रीले सबै राजनीतिक दल, सामाजिक अगुवा, धार्मिक नेतृत्व, सञ्चारमाध्यम तथा सर्वसाधारणलाई संयम अपनाउन र अफवाह तथा उत्तेजना फैलाउने गतिविधिबाट टाढा रहन आग्रह गरे ।

‘हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्नेछ,’ उनले भने । साथै उनले राष्ट्रिय एकता, आपसी सद्भाव र सहिष्णुतालाई अझ सुदृढ बनाउन सबैलाई आह्वान गरे ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit