काठमाडौं। सोलुखुम्बुको ५.५७५ मेगावाट क्षमताको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन निर्माणका लागि विद्युत् विकास विभागले वातावरणीय अध्ययनसम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ ।
आयोजनाको स्विचयार्डदेखि तल्लो दूधकुण्ड खोला जलविद्युत् आयोजनाको स्विचयार्डसम्म ८.४७ किलोमिटर ३३ केभी डबल सर्किट र त्यहाँबाट जुनबेँसी हब पुलिङ स्टेसनसम्म ४.७१ किलोमिटर १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ।
गोर्खाज हिमालयन हाइड्रो लिमिटेडले अनुमति माग गरेपछि तयार गरिएको प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) प्रतिवेदनमाथि विभागले सुझाव माग गरेको हो। प्रस्तावित १३.१८ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ३३ केभीतर्फ २०९ वटा पोल र १३२ केभीतर्फ दुईवटा टावर निर्माण गरिने जनाइएको छ। वातावरणीय प्रभावबारे ३५ दिनभित्र सम्बन्धित व्यक्ति वा संस्थाले लिखित राय–सुझाव दिन सक्ने विभागले जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्