Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

एभरेष्ट बैंकको नाफा ४.७५ प्रतिशतले बढ्दा, वितरणयोग्य नाफा ५.२५ अर्ब नाघ्यो

एभरेष्ट बैंकको नाफा ४.७५ प्रतिशतले बढ्दा, वितरणयोग्य नाफा ५.२५ अर्ब नाघ्यो
विज्ञापन
Advertisement

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२-८३ को चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सार्वजनिक विवरणअनुसार बैंकले अधिकांश वित्तीय सूचकमा सकारात्मक सुधार गरेको छ। खुद नाफा, निक्षेप, कर्जा तथा कुल सम्पत्तिमा वृद्धि भएको छ भने आधार दर (बेस रेट) घट्दा ऋणीलाई राहत मिल्ने संकेत देखिएको छ।

बैंकको खुद नाफा ४.७५ प्रतिशतले बढेर ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

त्यस्तै, वितरणयोग्य नाफा ७.४४ प्रतिशतले बढेर ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ पुगेको छ। बैंकको खुद ब्याज आम्दानी ०.९७ प्रतिशतले बढेर ९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ७ अर्ब ३८ करोड रुपैयाँ मा लगभग स्थिर रहेको छ।

वित्तीय अवस्थातर्फ बैंकको कुल सम्पत्ति ५.५३ प्रतिशतले बढेर ३ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। निक्षेप ५.७२ प्रतिशतले बढेर ३ खर्ब १६ अर्ब रुपैयाँ तथा कर्जा प्रवाह ८.३५ प्रतिशतले बढेर २ खर्ब ३५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।

चुक्ता पुँजी ६ प्रतिशतले बढेर १३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ २५६.४ रुपैयाँ पुगेको छ।

यद्यपि, निष्क्रिय कर्जा ०.३८ प्रतिशतबाट ०.४९ प्रतिशत पुगेको छ। तर यो अझै पनि बैंकिङ क्षेत्रको औसतभन्दा निकै कम रहेको देखिन्छ। बेस रेट ५.२७ प्रतिशतबाट घटेर ४.३१ प्रतिशत मा झरेको छ, जसले ऋणको लागत घटाउन सहयोग पुर्‍याउने अपेक्षा बैंकले लिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit