काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सही समय आउन केही समय लाग्ने भन्दै धैर्य गर्न आग्रह गरेका छन् । शुक्रबार राति सामाजिक सञ्जालमार्फत छोटो तर अर्थपूर्ण सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले बाहिर सुनिएको र देखिएको भन्दा वास्तविकता फरक हुन सक्ने बताएका हुन्।
प्रधानमन्त्री शाहले लेखेका छन्, ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्।’ उनले कतिपय विषयको वास्तविकता तत्काल देखिएभन्दा फरक हुन सक्ने संकेत गर्दै थप लेखेका छन्, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’
प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिलाई लिएर राजनीतिक तथा सामाजिक वृत्तमा विभिन्न कोणबाट अर्थ्याउन थालिएको छ। पछिल्लो समय सरकारका निर्णय, कार्यशैली र समसामयिक राजनीतिक घटनाक्रमलाई लिएर आलोचना भइरहेका बेला प्रधानमन्त्रीको यस्तो संकेतपूर्ण अभिव्यक्ति आएको हो।















प्रतिक्रिया दिनुहोस्