Advertisement
Advertisement
Corporate Samachar
११ कार्तिक २०८३, मंगलवार
Advertisement
Advertisement

नाईमा अटो एक्स्पोमा डोङफेङका विद्युतीय बस सार्वजनिक हुँदै, आयाम इन्टरकन्टिनेन्टलले दुई मोडल ल्याउँदै

नाईमा अटो एक्स्पोमा डोङफेङका विद्युतीय बस सार्वजनिक हुँदै, आयाम इन्टरकन्टिनेन्टलले दुई मोडल ल्याउँदै
विज्ञापन
Advertisement

काठमाडौं। नाईमा अटो एक्स्पोमा चिनियाँ अटोमोबाइल ब्रान्ड डोङफेङका विद्युतीय बस सार्वजनिक हुने भएका छन्। हिमालयन अर्गनाइजेशनअन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टल प्रालिले डोङफेङद्वारा उत्पादित अत्याधुनिक विद्युतीय बस नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गर्न लागेको हो।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका अनुसार एक्स्पोमा प्रारम्भिक चरणमा ७।२ मिटर लम्बाइका २६ देखि ३० सिट क्षमताका दुई मोडल प्रदर्शन गरिनेछ। पछिल्लो समय नेपाल सरकारले सार्वजनिक यातायातमा ठूला क्षमताका विद्युतीय बसलाई प्राथमिकता दिने नीति अघि बढाइरहेको र यातायात व्यवसायी तथा ग्राहकहरूको माग पनि यस्ता बसतर्फ बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै डोङफेङका बस नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

कम्पनीले निकट भविष्यमा ३८ सिट र ५२ सिट क्षमताका क्रमशः ९ मिटर र १२ मिटर लम्बाइका विद्युतीय बस समेत नेपाल भित्र्याउने तयारी गरेको जानकारी दिएको छ। यसले सार्वजनिक यातायात क्षेत्रमा ठूला क्षमताका विद्युतीय बसको विकल्प थप विस्तार हुने अपेक्षा गरिएको छ।

डोङफेङ चीनका सबैभन्दा ठूलो तथा प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनीहरूमध्ये एक हो। सन् १९६९ मा स्थापना भएको यो कम्पनी चीन सरकारको स्वामित्वमा रहेको छ। कम्पनीले अत्याधुनिक प्रविधिमा आधारित यात्रुवाहक सवारी, व्यावसायिक सवारी, बस, ट्रक, विद्युतीय सवारी, विशेष प्रयोजनका सवारीसाधन तथा अटोमोबाइलका विभिन्न पार्टपुर्जाहरू उत्पादन गर्दै आएको छ। विश्वका विभिन्न मुलुकमा डोङफेङका उत्पादनहरू प्रयोग हुँदै आएका छन्।

नेपालमा डोङफेङ ब्रान्डका ट्रक, कार तथा माइक्रोबस यसअघि नै बिक्री हुँदै आएका छन्। अब कम्पनीले विद्युतीय बसको सेग्मेन्टमा पनि आफ्नो उपस्थिति विस्तार गर्न लागेको हो।

हिमालयन अर्गनाइजेशनअन्तर्गतका कम्पनीहरूले लामो समयदेखि भारतको फोर्स मोटर्स तथा चीनको एसएआईसी ग्रुपअन्तर्गतको म्याक्सस ब्रान्डका सवारीसाधनको आधिकारिक विक्रेताका रूपमा काम गर्दै आएका छन्। डोङफेङका विद्युतीय बसको आगमनसँगै कम्पनीले नेपालमा हरित तथा दिगो सार्वजनिक यातायात प्रवर्द्धनमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

आगामी नाईमा अटो एक्स्पोमा सार्वजनिक हुने यी बसहरू यातायात व्यवसायी, सरकारी निकाय तथा विद्युतीय सवारीमा रुचि राख्ने आगन्तुकका लागि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit