Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

सम्पत्ति शुद्धीकरणको दोस्रो मुद्दामा पनि दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा राख्न आदेश

सम्पत्ति शुद्धीकरणको दोस्रो मुद्दामा पनि दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा राख्न आदेश
विज्ञापन
Advertisement

काठमाडौं। विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो मुद्दामा व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले बुधबार दुवै प्रतिवादीको बयान तथा थुनछेक बहसपछि उनीहरूलाई थुनामा राख्ने आदेश दिएको हो । यसअघि नै सम्पत्ति शुद्धीकरणसम्बन्धी अर्को मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका भट्ट र अग्रवाललाई दोस्रो मुद्दाको सुनुवाइका लागि बुधबार विशेष अदालतमा उपस्थित गराइएको थियो । बयान र थुनछेक बहस सकिएपछि अदालतले उनीहरूलाई पुनः पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

दोस्रो सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वअर्थमन्त्री विष्णु पौडेलसहित भट्ट र अग्रवाललाई प्रतिवादी बनाइएको थियो । सोही मुद्दामा अदालतले पौडेललाई भने साधारण तारिखमा राख्ने आदेश दिएको छ । भट्ट र अग्रवालविरुद्ध यसअघि दायर भएको सम्पत्ति शुद्धीकरण मुद्दामा पनि विशेष अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। उक्त मुद्दामा भट्टविरुद्ध २६ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी र अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको थियो ।

विशेष अदालतले यसअघिको आदेशमा जटिल वित्तीय कारोबार, रकमको स्रोत लुकाउने प्रयास, शेयर कारोबारमा भएको भनिएको अनियमितता तथा अनुसन्धानबाट प्राप्त विभिन्न प्रमाणलाई प्रतिवादीलाई थुनामा राख्ने आधारका रूपमा उल्लेख गरेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit