Advertisement
Advertisement
Corporate Samachar
१० भाद्र २०८३, बुधबार
Advertisement
Advertisement

विश्व बैंकले २५ अर्ब रुपैयाँ बराबरको सहयोग दिने, भारत र चीनले सोधे– नेपाललाई तत्काल कस्तो सहायता चाँहिन्छ ?

विश्व बैंकले २५ अर्ब रुपैयाँ बराबरको सहयोग दिने, भारत र चीनले सोधे– नेपाललाई तत्काल कस्तो सहायता चाँहिन्छ ?
विज्ञापन
Advertisement

काठमाडौं । बाढीपहिरोबाट प्रभावित नेपालमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्काल सहयोगको प्रतिबद्धता जनाएका छन्।

विज्ञापन
Advertisement
Advertisement

विपद्को अवस्था सार्वजनिक भएलगत्तै तीनै पक्षले नेपाल सरकारसँग समन्वय गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाएका हुन्। बाढीको समाचार सार्वजनिक भएको केही समयमै बिहान अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले कुराकानी गरेको उनको निजी सचिवालयले जनाएको छ।

सिस्लेनले विभिन्न स्रोतबाट आपत्कालीन सहयोगस्वरूप करिब २५ अर्ब रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउन सकिने जानकारी गराएको अर्थ मन्त्रालयले जनाएको छ। यसैगरी, दक्षिणी छिमेकी भारतले बाढी प्रभावितका लागि तत्काल आवश्यक पर्ने राहत सामग्रीको सूची उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्री, अर्थमन्त्रीलगायत वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आजै काठमाडौं ल्याउने तयारी भइरहेको बताएका छन्।

यस्तै, उत्तरी छिमेकी चीनले पनि तत्काल नगद सहयोग उपलब्ध गराउने भएको छ। सहयोग रकम पठाउने प्रक्रिया अघि बढाउन चिनियाँ राजदूत जाङ माओमिङले अर्थमन्त्रीमार्फत नेपाल सरकारलाई आग्रह गरेका छन्। छिमेकी मुलुक तथा दातृ निकायबाट प्राप्त सहयोगको प्रतिबद्धताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै अर्थमन्त्री वाग्लेले सहयोगको मोडालिटीबारे अन्तरसरकारी समन्वयमा छलफल भइरहेको बताएका छन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रसुवा, नुवाकोट र धादिङका प्रभावित पालिकालाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्निर्माणका लागि घरेलु तथा बाह्य स्रोत परिचालन गर्ने प्रक्रिया अघि बढाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit