Advertisement
Advertisement
Corporate Samachar
१० भाद्र २०८३, बुधबार
Advertisement
Advertisement

रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंमा उपचार हुँदै

रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौंमा उपचार हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौं  ल्याइएका १३ जनाको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार उद्धार गरी काठमाडौं ल्याइएकामा नुवाकोटको विदुर नगरपालिका–५ का ४२ वर्षीय भक्त भण्डारी, ४१ वर्षीया सीता भण्डारी, २४ वर्षीय विवेक कुमाल, ३४ वर्षीय तेजबहादुर तामाङ, ४८ वर्षीय पेम्बा तामाङ, वर्ष नखुलेका कुशल मगर, ३३ वर्षीय मीनबहादुर श्रेष्ठ, नाम नखुलेका कार्की, नामथर बताउन नसक्ने एक जना, ४० वर्षीय गिरिलाल बुढाथोकी, २३ वर्षीय रुपक रोका, ३५ वर्षीय सुजन बस्नेत र २३ वर्षीय सुशान्त श्रेष्ठ रहेका छन् ।

उद्धार गरिएका घाइतेमध्ये केहीको राष्ट्रिय ट्रमा सेन्टर र केहीको शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रवक्ता थापाका अनुसार घाइतेमध्ये अन्यको थप विवरण प्राप्त हुन बाँकी रहेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit