Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

भोटेकोशी बाढीले रसुवामा ४० किलोमिटर सडकमा पूर्ण क्षति, ४१ वटा पुल बगायो : मन्त्रालय

भोटेकोशी बाढीले रसुवामा ४० किलोमिटर सडकमा पूर्ण क्षति, ४१ वटा पुल बगायो : मन्त्रालय
विज्ञापन
Advertisement

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको हो।

विज्ञापन
Advertisement
Advertisement

त्यस्तै, गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द रहेको सरकारले जनाएको छ। पृथ्वीराजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएकाले लेदो हटाएर यातायात सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ। बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सरकारले उपलब्ध गराएका ५० मिटरसम्म लम्बाइका सातवटा बेलिब्रिज आवश्यकताअनुसार जडान गर्ने तयारी अघि बढाएको उल्लेख छ। भारत र चीन सरकारले पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार, पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम भइरहेको छ। यसका लागि बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी गरिएको छ। बेत्रावतीसम्मको सडक सञ्चालनमा नआएसम्म धुन्चे हुँदै स्याफ्रुबेँसी पुग्न सक्ने अवस्था नरहेको जनाइएको छ। सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारी १० र निजी क्षेत्रका १० गरी २० वटा उपकरण परिचालन गरिएको मन्त्रालयले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit