Advertisement
Advertisement
Corporate Samachar
९ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

बूढीगण्डकी आयोजनाको कार्यालय भवन र पुलको शिलान्यास

बूढीगण्डकी आयोजनाको कार्यालय भवन र पुलको शिलान्यास
विज्ञापन
Advertisement

काठमाडौं । बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको तयारीलाई तीव्रता दिइएको छ। आयोजना कार्यान्वयनका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने क्रममा सभामुख डोलप्रसाद अर्यालले आयोजना कम्पनीको कार्यालय तथा आवास भवन र पुलको शिलान्यास गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

गोरखाको गण्डकी गाउँपालिका–घ्याल्चोकस्थित सिउरेनीटारमा बुधबार आयोजित समारोहमा सभामुख अर्यालले बूढीगण्डकी जलविद्युत आयोजना कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र पुलको शिलान्यास गरेका हुन् । आयोजना कम्पनीको कार्यालय तथा आवास भवन र पुल निर्माणले आयोजनाको प्रशासनिक तथा प्राविधिक कामलाई सहज बनाउने छ ।

शिलान्यास समारोहमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वाधार मन्त्री सुनिल लम्साल, गोरखा र धादिङका सांसद तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। राष्ट्रिय महत्वको आयोजनाका रूपमा रहेको बूढीगण्डकी जलासययुक्त जलविद्युत आयोजना गोरखा र धादिङ जिल्लामा फैलिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit