Advertisement
Advertisement
Corporate Samachar
७ मंसिर २०८३, सोमबार
Advertisement
Advertisement

नेपाल पुनर्निर्माणका लागि भारतद्वारा २४ हजार करोड सहयोग प्याकेज घोषणा, मोदीले गरे बालेनको प्रशंसा

नेपाल पुनर्निर्माणका लागि भारतद्वारा २४ हजार करोड सहयोग प्याकेज घोषणा, मोदीले गरे बालेनको प्रशंसा
विज्ञापन
Advertisement

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको पुनर्निर्माण तथा भविष्यको विकासका लागि २४ हजार करोड सहयोग प्याकेज घोषणा गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि आफ्नो धारणा राख्दै मोदीले विश्वकै युवा प्रधानमन्त्रीलाई स्वागत गर्न भारत आतुर रहेको बताएका छन्। उनले प्रधानमन्त्री शाहको दूरदर्शी सोचप्रति विश्वास व्यक्त गर्दै नेपालको नयाँ पुस्ताको भविष्य निर्माणमा भारतले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

मोदीले नेपालको हित र भविष्यलाई ध्यानमा राख्दै महत्वपूर्ण निर्णय लिइएको उल्लेख गर्दै पुनर्निर्माण तथा विकासका लागि सहयोग प्याकेज घोषणा गरेको बताएका हुन्।

उनले नेपाल र भारतबीचको सम्बन्धलाई धार्मिक तथा सांस्कृतिक भावनासँग पनि जोड्दै जनकपुर र अयोध्याबीचको सम्बन्धको चर्चा गरेका छन्।

मोदीले प्रधानमन्त्री शाहको नेतृत्वमा नेपालको नयाँ पुस्ताको भविष्य उज्ज्वल बन्ने विश्वास व्यक्त गर्दै भारत त्यस यात्रामा साझेदार बन्न चाहेको बताए। उनका अनुसार नेपालको युवा जनशक्तिमा ठूलो सम्भावना छ र त्यसलाई उद्यमशीलता, प्रविधि तथा नवप्रवर्तनसँग जोड्न सके नेपाल स्टार्टअपको महत्वपूर्ण केन्द्र बन्न सक्छ।

अयोध्या–जनकपुर रेल सेवा ऐतिहासिक उपलब्धि
मोदीले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धको चर्चा गर्दै अयोध्या र जनकपुरबीच रेल सेवा सुरु हुनुलाई ऐतिहासिक क्षणका रूपमा व्याख्या गरे।

उनले यसअघि जनकपुर भ्रमणका क्रममा ‘रामबिना भारत पनि अधुरो रहन्छ’ भन्ने भावना व्यक्त गरेको स्मरण गर्दै आज त्यो भावना व्यवहारमा परिणत भएको बताए।

उनका अनुसार अयोध्या र जनकपुरलाई जोड्ने रेल सेवाको शुभारम्भ भगवान् राम र माता जानकीसँग जोडिएको दुई ऐतिहासिक तथा सांस्कृतिक स्थलबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने महत्वपूर्ण उपलब्धि हो।

दोधारा–चाँदनी पुल निर्माणलाई तीव्रता

मोदीले नेपालको पश्चिमी क्षेत्रको विकास र भारतसँगको सम्पर्क विस्तारका लागि दोधारा–चाँदनी पुल निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाइने पनि बताएका छन्।

उनले नेपाल ऊर्जा उत्पादनको अपार सम्भावना भएको देश रहेको उल्लेख गर्दै जलविद्युत् क्षेत्रमा सहकार्य विस्तार गर्न भारत इच्छुक रहेको धारणा राखेका छन्।

नेपालको ऊर्जाशील युवा जनशक्तिलाई उद्यमशीलता, प्रविधि र स्टार्टअपसँग जोड्न सके आर्थिक विकासमा नयाँ सम्भावना खुल्ने उनको भनाइ थियो।

मोदीको अभिव्यक्तिले नेपाल–भारत सम्बन्धलाई परम्परागत सहयोगबाट आर्थिक विकास, ऊर्जा, पूर्वाधार, युवा उद्यमशीलता र सांस्कृतिक सम्पर्क विस्तारसम्म लैजाने भारतीय चाहना प्रस्तुत गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit