काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन (आइतबार) सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ तोकिएको थियो । आइतबारको तुलनामा सोमबार सुनको मूल्य २ हजार ४ सय रुपैयाँले घटेको हो।
यसअघि आइतबार पनि सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेर कारोबार भएको थियो।
यस्तै, सोमबार भने चाँदीको मूल्य स्थिर रहेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस ४ हजार ४ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।















प्रतिक्रिया दिनुहोस्