Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

वनस्पति घ्यू तेल उत्पादक संघद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख सहयोग

वनस्पति घ्यू तेल उत्पादक संघद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । हालै आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल वनस्पति घ्यू तेल उत्पादक संघ तथा सदस्य उद्योगहरूले १ करोड १ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने निर्णय गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

संघले चीनको सिजाङ ९तिब्बत०तर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, पूर्वी नवलपरासी लगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै राहत कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको जनाएको छ।

बाढीका कारण ठूलो संख्यामा नागरिक हताहत हुनुका साथै मृत्यु, बेपत्ता तथा घाइते भएको र घर, सम्पत्ति तथा सार्वजनिक संरचनामा अपूरणीय क्षति पुगेको संघले जनाएको छ।

संघले विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउन सरकारले यथाशीघ्र कदम चाल्नुपर्नेमा जोड दिएको छ। साथै, प्रभावित क्षेत्रको दीर्घकालीन पुनःस्थापना तथा पूर्वाधार निर्माणमा समेत विशेष ध्यान दिनुपर्ने संघको भनाइ छ।

राष्ट्रिय एकता, सामाजिक सहकार्य र मानवीय भावनाअनुसार सहयोग गरिएको जनाउँदै संघले नागरिक, समाज र राष्ट्रप्रति जिम्मेवार तथा उत्तरदायी रहँदै संवेदनशील अवस्थामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

संघले प्रभावित क्षेत्रको पुनःस्थापना र पूर्वाधार निर्माणलाई गति दिन नेपाल सरकारसहित सबै सम्बन्धित पक्षको सक्रिय पहल, समयोचित निर्णय र आवश्यक सहयोग अपरिहार्य रहेको जनाएको छ।साथै, आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगात्मक कार्यमा निरन्तर संलग्न रहने प्रतिबद्धता संघले व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit