काठमाडाैं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणसँगै एथर नेपालले आफ्नो उपस्थिति थप विस्तार गरेको छ।
नेपालका लागि एथरको आधिकारिक वितरक वैद्याज इनर्जी प्रालिले धरान–१, छाता चोकमा एथरको १३औं अनुभव केन्द्र सञ्चालनमा ल्याएको हो। भदौ १७ गते कार्यवाहक मेयर ऐन्द्र विक्रम बेघा तथा सुनसरी उद्योग वाणिज्य संघका प्रमुख गोपाल श्रेष्ठको उपस्थितिमा नयाँ अनुभव केन्द्रको औपचारिक उद्घाटन गरिएको हो।
धरानमा नयाँ अनुभव केन्द्र सञ्चालनमा आएसँगै एथरको उपस्थिति काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, वीरगञ्ज, बिर्तामोडलगायत देशका प्रमुख शहरमा विस्तार भएको छ।
यससँगै पूर्वी नेपालका ग्राहकले एथरका उत्पादन, प्रविधि तथा सवारी स्वामित्वको अनुभव आफ्नै शहरमा लिन सक्ने भएका छन्।
२५ भन्दा बढी बुकिङ
धरानमा अनुभव केन्द्र औपचारिक रूपमा सञ्चालनमा आउनुअघि नै एथरका स्कुटरका लागि २५ भन्दा बढी बुकिङ प्राप्त भइसकेको कम्पनीले जनाएको छ। यसले धरान तथा आसपासका क्षेत्रमा प्रिमियम विद्युतीय स्कुटर र नयाँ पुस्ताको प्रविधिप्रति ग्राहकको चासो बढ्दै गएको देखाएको कम्पनीको भनाइ छ।
नयाँ अनुभव केन्द्रमा ग्राहकले एथरको ४५० सिरिज तथा परिवारलाई केन्द्रमा राखेर तयार गरिएको रिज्ता स्कुटर हेर्न तथा परीक्षण गर्न सक्नेछन्।
यससँगै धरानमा एथरको नयाँ ४५० एक्स ओभरटोन सिरिज समेत प्रस्तुत गरिएको छ। नयाँ पुस्ताको ४५० सिरिजले कार्यक्षमता, प्रविधि तथा सवारी अनुभवलाई थप उन्नत बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
यसमा म्याजिक ट्विस्ट, इन्फिनाइट क्रुज र भ्वाइस इन्टर्याक्सन जस्ता सुविधा उपलब्ध छन्। म्याजिक ट्विस्टमार्फत एक्सिलेटर प्रयोग गरेर सहज रूपमा गति घटाउन सकिन्छ भने इन्फिनाइट क्रुजले लामो दूरीको यात्रामा सहज रूपमा निरन्तर गति कायम गर्न सहयोग गर्छ। भ्वाइस इन्टर्याक्सनमार्फत चालकले आवाजको आदेशबाट स्कुटरसँग विभिन्न रूपमा अन्तर्क्रिया गर्न सक्नेछन्।
अर्कोतर्फ, रिज्ता विशेषगरी आराम, व्यावहारिकता र परिवारको दैनिक आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको कम्पनीले जनाएको छ।
भदौ २३ सम्म विशेष योजना
धरानमा अनुभव केन्द्रको उद्घाटनलाई विशेष बनाउन भदौ २३ गतेसम्म विशेष उद्घाटन योजना समेत ल्याइएको छ। ग्राहकले आफ्नो आवश्यकता अनुसार विस्तारित ब्याट्री वारेन्टी, ५० प्रतिशत डाउन पेमेन्टमा शून्य ब्याजदर वा थप ८ हजार रुपैयाँ मूल्याङ्कन सुविधामध्ये कुनै एक सुविधा छनोट गर्न सक्नेछन्।
सीमित अवधिका लागि मात्र उपलब्ध हुने उक्त योजनालाई धरान तथा आसपासका ग्राहकका लागि एथरको स्वामित्व सुरु गर्ने विशेष अवसरका रूपमा प्रस्तुत गरिएको छ।
ब्याट्रीमा ८ वर्षसम्मको वारेन्टी
एथरले उत्पादन बिक्रीसँगै दीर्घकालीन स्वामित्व अनुभवलाई समेत प्राथमिकता दिएको जनाएको छ। एथरको एट–सेभेन्टी ब्याट्री वारेन्टीअन्तर्गत ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध छ। यसमा ब्याट्रीको स्वास्थ्य कम्तीमा ७० प्रतिशत कायम रहने सुनिश्चितता दिइएको कम्पनीको भनाइ छ।
त्यस्तै, वैद्याज इनर्जीले नेपालभर १० भन्दा बढी आधिकारिक सेवा केन्द्र विस्तार गरिसकेको जनाएको छ। यसबाट एथरका ग्राहकले आफ्नै शहर तथा आसपासबाट तालिमप्राप्त प्राविधिकको सेवा लिन सक्नेछन्।

५० भन्दा बढी द्रुत चार्जिङ केन्द्र
चार्जिङ पूर्वाधारतर्फ पनि एथरको सञ्जाल विस्तार भइरहेको कम्पनीले जनाएको छ। हाल नेपालभर ५० भन्दा बढी द्रुत चार्जिङ केन्द्र निर्माण भइसकेका छन्। ती केन्द्रमा मिल्ने एथर स्कुटरलाई शून्यदेखि ८० प्रतिशतसम्म करिब ४५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीको दाबी छ।
कम्पनीले अनुभव केन्द्र, सेवा केन्द्र र द्रुत चार्जिङ पूर्वाधारलाई एकसाथ विस्तार गर्दै ग्राहकलाई स्कुटर बिक्रीमा मात्र सीमित नभई सम्पूर्ण स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।
धरानमा नयाँ अनुभव केन्द्र सञ्चालनमा आएसँगै पूर्वी नेपालका ग्राहकले एथर ४५०, ४५० एक्स ओभरटोन सिरिज र रिज्ता प्रत्यक्ष रूपमा हेर्न, प्रविधिबारे जानकारी लिन तथा परीक्षण सवारी गर्न सक्नेछन्।
वैद्याज इनर्जी प्रालि नेपालमा एथर इनर्जीको आधिकारिक वितरक हो। कम्पनीले नेपालमा एथरको बिक्री तथा ग्राहक अनुभव, आधिकारिक सेवा सञ्जाल र द्रुत चार्जिङ पूर्वाधार विस्तार गर्दै विद्युतीय सवारीसाधनको समग्र पारिस्थितिक प्रणाली निर्माणमा काम गरिरहेको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्