Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

भोटेकोशी बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि प्रभु इन्स्योरेन्सको २५ लाख सहयोग

भोटेकोशी बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि प्रभु इन्स्योरेन्सको २५ लाख सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले रसुवाको भोटेकोशी क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले बाढीबाट प्रभावित परिवार तथा स्थानीय समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ। बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै कम्पनीले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

प्राकृतिक विपत्तिका कारण प्रभावित परिवार, स्थानीय समुदाय तथा राष्ट्रले गम्भीर पीडा र चुनौती सामना गर्नुपरेको उल्लेख गर्दै कम्पनीले यस्तो कठिन समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नु जिम्मेवार संस्था तथा नागरिकको साझा दायित्व भएको जनाएको छ।

कम्पनीका अनुसार आर्थिक सहयोगले बाढीबाट भएको अपूरणीय क्षति र पीडाको पूर्ण क्षतिपूर्ति गर्न नसके पनि संकटको समयमा प्रभावित परिवार तथा समुदायसँगै उभिने प्रतिबद्धता, सहानुभूति र ऐक्यबद्धताको प्रतीकका रूपमा सहयोग गरिएको हो।

बीमा दाबी छिटो र सहज बनाउने प्रतिबद्धता

प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले बीमा व्यवसायको मूल उद्देश्य जोखिम तथा विपत्तिको समयमा बीमितको संरक्षण गर्दै कठिन परिस्थितिमा भरोसायोग्य साथ प्रदान गर्नु रहेको बताए।

उनले भोटेकोशी बाढीबाट प्रभावित बीमितहरूको दाबीसम्बन्धी प्रक्रिया आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरी सकेसम्म छिटो, सरल, पारदर्शी र प्रभावकारी ढंगले टुंग्याउने प्रतिबद्धता व्यक्त गरे।

बाढीका कारण प्रभावित बीमितले थप असहजता र झन्झट व्यहोर्न नपरोस् भन्ने विषयलाई कम्पनीले विशेष प्राथमिकतामा राखेको जनाएको छ। आवश्यक सहजीकरण, समन्वय तथा सेवा प्रवाहमार्फत प्रभावित बीमितलाई सहज रूपमा सहयोग उपलब्ध गराइने कम्पनीको भनाइ छ।

प्रभु इन्स्योरेन्सले उद्धार, राहत तथा पुनःस्थापनामा खटिरहेका सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय समुदाय, स्वयंसेवक तथा विभिन्न सहयोगी संघसंस्थाप्रति सम्मान तथा आभार व्यक्त गरेको छ।

साझा प्रयास, सहकार्य र ऐक्यबद्धताबाट प्रभावित क्षेत्रको पुनःनिर्माण तथा पुनःस्थापनाको काम प्रभावकारी रूपमा अघि बढ्ने विश्वाससमेत कम्पनीले व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit