काठमाडाैं । सातको बिहीबार शेयर बजारमा सामान्य अंकको सुधार आएको छ। नेप्से परिसूचक ४.६६ अंकले बढेर २ हजार ५४२.७७ विन्दुमा आइपुगेको छ । त्यस्तै ३ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा रिलायन्स स्पेनिङ मिल्स र सानिमा मिडल तमोर हाइड्रो पावर रहेको छ ।
यो दिन बढ्ने कम्पनीमा वेन नेपाल लघुवित्त वित्तीय संस्था,चिरखुवा हाइड्रो पावर, आशा लघुवित्त वित्तीय संस्था, माया खोला हाइड्रो पावर कम्पनीको शेयर मूल्य ७.८४ प्रतिशतदेखि ८.७६ प्रतिशतसम्मले बढेको छ।
पियोर इनर्जी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, सेन्ट्रल फाइनान्स कम्पनी, स्वाभिमान लघुवित्त वित्तीय संस्था, सानिमा ग्रोथ फण्डको शेयर मूल्य ३.७० प्रतिशतदेखि १३.३३ अंकले घटेको छ।














प्रतिक्रिया दिनुहोस्