काठमाडौं । नेपाली लगानी तथा व्यवसायिक क्षेत्रमा सक्रिय अम्बिका प्रसाद पौडेल ‘आउटस्ट्यान्डिङ बिजनेस लिडरसिप अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्।
सिजन मिडिया नेपालद्वारा आयोजित एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड नेपाल–२०२६ अन्तर्गत पौडेललाई लगानी, उद्यमशीलता, जलविद्युत्, पर्यटन, बीमा, आतिथ्य, कृषि तथा उपभोक्ता उद्योगलगायत क्षेत्रमा पुर्याएको योगदान र संस्थागत नेतृत्वको कदरस्वरूप सम्मान गरिएको हो।
होटल हिमालय, कुपण्डोलमा आयोजित समारोहमा नेपालका पूर्वराष्ट्रपति डा। रामवरण यादवको प्रमुख आतिथ्यमा पौडेललाई सम्मानपत्र प्रदान गरिएको थियो।
सरकारी सेवामा लेखा अधिकृतका रूपमा व्यावसायिक यात्रा सुरु गरेका पौडेलले पछि उद्यमशीलता, लगानी तथा पूँजी बजारको क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेका हुन्। विभिन्न व्यवसाय तथा संस्थामा अध्यक्ष र सञ्चालकका रूपमा नेतृत्व गर्दै आएका उनले उत्पादनमूलक क्षेत्रमा लगानी परिचालन, संस्थागत क्षमता अभिवृद्धि तथा समस्यामा परेका व्यवसायको पुनरुत्थानमा योगदान पुर्याउँदै आएका छन्।
विशेषगरी हाइलाइफ एग्रो एन्ड फूड इन्डस्ट्रिज लिमिटेडमार्फत कृषि तथा खाद्य उद्योगको विकास, स्वदेशी उत्पादनको प्रवर्द्धन र नेपाली उत्पादनको अन्तर्राष्ट्रियकरणमा सक्रिय पौडेल नेपाल इन्भेष्टर फोरममार्फत लगानीकर्ताको अधिकार, पारदर्शिता र पूँजी बजारको संस्थागत विकासका विषयमा पनि आवाज उठाउँदै आएका छन्।
सम्मान ग्रहण गर्दै पौडेलले अवार्डलाई व्यक्तिगत उपलब्धिभन्दा आफूले काम गरेका संस्था, सहकर्मी, लगानीकर्ता र शुभेच्छुकहरूको सामूहिक योगदानको सम्मानका रूपमा लिएको बताए। उनले सम्मानले आगामी दिनमा उत्पादनमूलक उद्योग, उद्यमशीलता, पूँजी परिचालन र संस्थागत विकासका क्षेत्रमा अझ जिम्मेवार भएर काम गर्ने प्रेरणा मिलेको उल्लेख गरे।















प्रतिक्रिया दिनुहोस्