Advertisement
Advertisement
Corporate Samachar
५ आश्विन २०८३, सोमबार
Advertisement

स्वास्थ्य मन्त्रीले बुझिन् गजेन्द्र नारायण सिंह अस्पताल घटनाको छानबिन प्रतिवेदन, दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो

स्वास्थ्य मन्त्रीले बुझिन् गजेन्द्र नारायण सिंह अस्पताल घटनाको छानबिन प्रतिवेदन, दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो
विज्ञापन
Advertisement

काठमाडौं । गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल, राजविराजमा प्रसूति सेवाका लागि पुगेकी महिलाले अस्पताल परिसरबाहिरै शिशु जन्माउनुपरेको घटनाबारे गठित अनुगमन समितिको प्रतिवेदन बुझाएको छ।

विज्ञापन
Advertisement
Advertisement

घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.सुप्रभात श्रेष्ठको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको थियो। समितिले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीलाई उक्त प्रतिवेदन बुझाएको हो ।

अनुगमन टोलीले २०८३ भदौ २५ देखि २७ गतेसम्म अस्पतालको स्थलगत अनुगमन तथा निरीक्षण गरेको थियो। टोलीले घटनासँग सम्बन्धित तथ्य तथा प्रमाण संकलन गर्नुका साथै अस्पतालमा सेवा प्रवाहको अवस्था र सम्बन्धित स्वास्थ्यकर्मी तथा अस्पताल प्रशासनको भूमिकाबारे अध्ययन गरेको थियो। अनुगमन समितिको प्रतिवेदन प्राप्त भएसँगै त्यसमा उल्लेख गरिएका विषयमध्ये प्रशासनिक हिसाबले तत्काल गर्नुपर्ने काम मन्त्रालयले अघि बढाएको जनाइएको छ।

प्रतिवेदनमा चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीलगायतबाट आचारसंहिता उल्लङ्घन भएको देखिएका विषयमा आवश्यक कारबाहीका लागि सम्बन्धित काउन्सिलमा पठाइएको मन्त्रालयले जनाएको छ।छानबिन समितिको प्रतिवेदनले गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा कर्मचारीको नियुक्ति तथा व्यवस्थापनसमेत अव्यवस्थित रहेको विषय औँल्याएको छ। समितिले नियुक्त भएका कर्मचारीहरूको उचित व्यवस्थापन आवश्यक रहेको देखाएको मन्त्रालयले जनाएको छ। अस्पतालको कर्मचारी व्यवस्थापनलाई व्यवस्थित बनाउन ८० जना अस्थायी दरबन्दी थप गर्ने प्रस्तावमा अर्थ मन्त्रालयबाट सहमति प्राप्त भइसकेको छ। उक्त प्रस्ताव अब मन्त्रिपरिषद्मा पेश गरिने भएको छ।

त्यसैगरी, छात्रवृत्तिमा अध्ययन गरी आएका चिकित्सकमध्ये ७ जना चिकित्सकलाई दुई वर्षका लागि गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा पठाइएको मन्त्रालयले जनाएको छ। चिकित्सक तथा कर्मचारीको नियुक्ति र व्यवस्थापनलाई व्यवस्थित बनाउन मन्त्रालयले आवश्यक परिपत्रसमेत गरिसकेको उल्लेख छ।मन्त्रालयले यस्ता घटना आगामी दिनमा पुनः दोहोरिन नदिन सेवा प्रवाह, जनशक्ति व्यवस्थापन तथा अस्पताल प्रशासनलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको छ।

साथै, आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका, २०७८ अन्तर्गत उपलब्ध निःशुल्क सेवा तथा सुविधाबारे आमजनमानसमा जानकारी विस्तार गर्न विभिन्न मातृभाषामा जनचेतनामूलक सामग्री तयार गरी प्रचार–प्रसार गर्ने कार्यसमेत अघि बढाइएको मन्त्रालयले जनाएको छ।

समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका विज्ञ डा पवनजंग रायमाझीसहित नेपाल मेडिकल काउन्सिलका विज्ञ तथा सदस्यहरू डा. विजय कापरी, डा. अजय कुमार शाह, डा. सारिका गोईत र डा. रविन बस्नेत सहभागी थिए। यद्यपी मन्त्रालयले प्रतिवेदन भने सार्वजनिक गरेको छैन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit