Advertisement
Advertisement
Corporate Samachar
४ आश्विन २०८३, आईतवार
Advertisement

रास्वपा सचिवालय सदस्यमा मनोनीत श्रेष्ठले लिए सपथ

रास्वपा सचिवालय सदस्यमा मनोनीत श्रेष्ठले लिए सपथ
विज्ञापन
Advertisement

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य र केन्द्रीय सदस्य पदको सपथ लिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार केन्द्रीय सचिवालयको बैठक अगाडि रास्वपा सभापति रवि लामिछानेले श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराएका हुन्। सपथ समारोहमा महामन्त्री विपिन आचार्य पनि सहभागी थिए । मन्त्री श्रेष्ठ गत असारमा चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट २ हजार १२३ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

यसैगरी, भदौ ५ गते बसेको केन्द्रीय समिति बैठकबाट सभापति लामिछानेले श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्य मनोनीत गरेका थिए । सपथपछि मन्त्री श्रेष्ठले जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । ‘सबैको साथ, सहयोग, समन्वय र सुझावलाई आत्मसात् गर्दै आफ्नो जिम्मेवारी र कर्तव्य निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’ श्रेष्ठले भनेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit