काठमाडौं । नेपाल वितरक संघले आफ्ना वार्षिक कार्यक्रमलाई थप व्यवस्थित, योजनाबद्ध र प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले योजना तर्जुमा कार्यशाला तथा नेतृत्व एवं व्यक्तित्व विकास तालिम सम्पन्न गरेको छ।
शनिबार आयोजित कार्यक्रममा संघका कार्यसमितिका पदाधिकारी तथा सदस्यसँगै विभिन्न क्षेत्रीय समितिका सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संघका आगामी गतिविधि, योजना निर्माण तथा त्यसको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल गरिएको संघले जनाएको छ।
कार्यक्रममा महेश राज दहालले नेतृत्व तथा व्यक्तित्व विकाससम्बन्धी प्रशिक्षण दिएका थिए। उनको प्रभावकारी प्रस्तुतिसँगै सहभागीलाई विभिन्न अभ्यास तथा छलफलमार्फत कार्यशालामा सक्रिय रूपमा सहभागी गराइएको संघले उल्लेख गरेको छ।
नेपाल वितरक संघका अध्यक्ष प्रेमहरि मैनालीले संघको भावी दिशालाई थप व्यवस्थित र स्पष्ट बनाउन कार्यशाला महत्वपूर्ण रहेको बताए। उनले योजनाबद्ध ढंगले अघि बढ्दा संघका गतिविधिलाई अझ प्रभावकारी बनाउन सकिने उल्लेख गरे।















प्रतिक्रिया दिनुहोस्