Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

हर्कसँग भेटेपछि प्रधानमन्त्री ओलीले भने–धरानबासीलाई सन्देश सुनाईदिनु खानेपानीको प्रक्रिया आजैदेखि अघि बढ्यो

हर्कसँग भेटेपछि प्रधानमन्त्री ओलीले भने–धरानबासीलाई सन्देश सुनाईदिनु खानेपानीको प्रक्रिया आजैदेखि अघि बढ्यो
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गरेका छन् । उक्त भेटमा प्रधानमन्त्री ओलीले उपमहानरपालिकाका प्रमुख राईलाई धरानका नागरिकलाई खानेपानीको प्रबन्ध गर्न संघीय सरकारले बजेट उपलब्ध गराएर आवश्यक सहजीकरण गर्ने बताए । “धरानबासीले खानेपानी पिउन पाउनुपर्छ ।

यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो सन्देश धरानबासीलाई सुनाइदिनुहोला,” प्रधानमन्त्री ओलीले भने ।

उक्त खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय सरकारले तयार गरिसकेको छ । धरानका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ल्याण्डफिल्डसाइट बनाउनुपर्नेमा जोड दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit