Advertisement
Advertisement
Corporate Samachar
६ आश्विन २०८३, मंगलवार
Advertisement

धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन, १३४औं शाखा सञ्चालनमा

धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन, १३४औं शाखा सञ्चालनमा
विज्ञापन
Advertisement

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले शाखा विस्तारको क्रममा कैलालीको धनगढीमा आफ्नो नयाँ भवन सञ्चालनमा ल्याएको छ। बैंकले धनगढी उपमहानगरपालिका–८, क्याम्पस चोकमा १३४औं शाखा सञ्चालनमा ल्याउँदै सुदूरपश्चिम प्रदेशको नयाँ भवनसमेत उद्घाटन गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

बैंकले असोज ५ गते आयोजना गरेको कार्यक्रममा धनगढी उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले संयुक्त रूपमा नयाँ भवन तथा शाखाको उद्घाटन गरेका थिए।

नयाँ भवनबाट बैंकको सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालयसमेत सञ्चालन हुने भएको छ। यसअघि अन्यत्रबाट सञ्चालन हुँदै आएको प्रादेशिक कार्यालय स्थानान्तरण गरी अब सोही भवनबाट बैंकका सम्पूर्ण प्रादेशिक सेवाहरू प्रदान गरिने बैंकले जनाएको छ।

नयाँ शाखासँगै सुदूरपश्चिम प्रदेशमा एभरेष्ट बैंकका शाखाको संख्या १५ पुगेको छ। शाखा विस्तारसँगै धनगढी तथा आसपासका क्षेत्रका उद्योग, व्यवसाय र स्थानीय ग्राहकलाई बैंकिङ सेवा लिन थप सहज हुने बैंकको विश्वास छ।

शाखा उद्घाटन समारोहमा धनगढी उपमहानगरपालिका–८ का वडाध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, सुदूरपश्चिम प्रदेश प्रमुख यज्ञराज तिमिल्सिना, विभिन्न उद्योगी–व्यवसायी, बैंकका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति थियो।

क्याम्पस चोकमा बैंकको आफ्नै भवनबाट शाखा सञ्चालनमा आएसँगै यस क्षेत्रको आर्थिक तथा व्यावसायिक गतिविधिलाई थप सहयोग पुग्ने बैंकले जनाएको छ। बैंकका अनुसार नयाँ शाखामार्फत स्थानीय आवश्यकता र आर्थिक गतिविधिलाई लक्षित गर्दै आधुनिक तथा सहज बैंकिङ सेवा उपलब्ध गराइनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit