Advertisement
Advertisement
Corporate Samachar
१० कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

दोलखाका स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई हिम पर्वत हाइड्रोपावरको आईपीओ खुल्दै

दोलखाका स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई हिम पर्वत हाइड्रोपावरको आईपीओ खुल्दै
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं। हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको हो। कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँबराबरका ५९ लाख १५ हजार कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको छ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त शेयरमध्ये १६ लाख ९० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ। स्थानीयका लागि छुट्याइएको शेयरमध्ये १० लाख १४ हजार कित्ता दोलखाको बिगु गाउँपालिका–५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका–२, ३ र ४ का बासिन्दालाई बिक्री गरिनेछ। बाँकी ६ लाख ७६ हजार कित्ता दुवै गाउँपालिकाका अन्य वडाका स्थानीयका लागि छुट्याइएको छ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ करोड २२ लाख ५० हजार रुपैयाँबराबरका ४ लाख २२ हजार ५०० कित्ता सेयर निष्कासन गरिनेछ। दुवै समूहका आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। स्थानीयका लागि आवेदन दिने अन्तिम मिति छिटोमा कात्तिक २५ र ढिलोमा मंसिर १० गते तोकिएको छ। वैदेशिक रोजगारीमा रहेकाले छिटोमा कात्तिक १६ र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिन सक्नेछन्।

आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit