Advertisement
Advertisement
Corporate Samachar
११ कार्तिक २०८३, मंगलवार
Advertisement
Advertisement

इंग्लिस स्ट्राइकर ह्यारी केनले जिते २०२६ को बालोन डी’ओर अवार्ड

इंग्लिस स्ट्राइकर ह्यारी केनले जिते २०२६ को बालोन डी’ओर अवार्ड
विज्ञापन
Advertisement

काठमाडाैं । इंग्लिस स्ट्राइकर ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । बायर्न म्युनिख र इंग्ल्यान्डका कप्तान केनले उत्कृष्ट प्रदर्शनसहित करिअरकै पहिलो पटक फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड जितेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

केन २५ वर्षपछि बालोन डी’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन् । यसअघि सन् २००१ मा माइकल ओवेनले यो अवार्ड जितेका थिए ।

सोमबार लन्डनमा आयोजित समारोहमा अवार्ड ग्रहण गरेपछि केनले आफू लगभग निःशब्द भएको प्रतिक्रिया दिए । उनले आफूलाई मत दिने सबैलाई धन्यवाद दिँदै यस वर्ष प्रतिस्पर्धा निकै कठिन रहेको बताए ।

सन् २०२३ मा टोटेनहम हट्सपर छाडेर बायर्न म्युनिख पुगेका केनले २०२५ २६ सिजनमा करिअरकै उत्कृष्ट प्रदर्शन गरे । उनले बायर्नका लागि सबै प्रतियोगितामा ५१ खेल खेल्दै ६१ गोल गरे । उनको उत्कृष्ट प्रदर्शनमा बायर्नले घरेलु लिग र कप दुवैको उपाधि जित्यो ।

यस वर्षको बालोन डी’ओरका लागि किलियन एम्बाप्पे र लामिन यामलजस्ता खेलाडीसँग उनको प्रतिस्पर्धा थियो । तर, निरन्तर उत्कृष्ट प्रदर्शनका आधारमा केनले अवार्ड आफ्नो नाममा पारे ।

केनले क्लब र राष्ट्रिय टोलीबाट गरी सिजनभर कुल ७३ गोल गरेका थिए। विश्वकपमा पनि उनले ६ गोल गर्दै इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्‍याएका थिए ।

एक समय टोटेनहमको मुख्य टोलीमा स्थान बनाउन संघर्ष गरेका केन विभिन्न क्लबमा लोनमा समेत गएका थिए । तर, त्यसपछि उनले आफूलाई आफ्नो पुस्ताका उत्कृष्ट स्ट्राइकरमध्ये एकका रूपमा स्थापित गरे ।

महिलातर्फको बालोन डी’ओर स्पेनिस मिडफिल्डर एलेक्सिया पुटेलासले जितिन् । उनले तेस्रो पटक यो अवार्ड जितेकी हुन् । सन् २०२५९२६ सिजनमा बार्सिलोनालाई ट्रेबलसहित स्पेनिस सुपर कपको उपाधि दिलाउन उनले महत्त्वपूर्ण भूमिका खेलेकी थिइन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit