Advertisement
Advertisement
Corporate Samachar
१० कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर बनाउने अध्यक्ष पण्डितको योजना

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर बनाउने अध्यक्ष पण्डितको योजना
विज्ञापन
Advertisement

काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई आत्मनिर्भर र नाफामूलक संस्था बनाउने योजनासहित पाँचवर्षे रणनीतिक योजना अघि बढाएको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सूचना तथा सञ्चार मन्त्रालयमा आज नियुक्तिपत्र बुझेपछि मन्तव्य व्यक्त गर्दै उनले बोर्डमा प्रशासनिक सुधार, कार्यवातावरण निर्माण र संस्थाको आर्थिक दिगोपनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आफूसँग चलचित्र सम्बन्धित क्षेत्रमा १५ वर्षको अनुभव रहेको उल्लेख गर्दै  उनले बोर्डमा धेरै चुनौती रहेकाले प्रशासनिक क्षेत्रमा व्यापक परिवर्तनको आवश्यक औंल्याए ।

‘कुनै पनि संस्थाको आत्मनिर्भरता सबैभन्दा महत्त्वपूर्ण कुरा हो । त्यसैले चलचित्र विकास बोर्डलाई कसरी नाफामूलक र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सकिन्छ भन्नेमा मेरो ध्यान केन्द्रित छ’, उनले भने ।

अध्यक्ष पण्डितले आफूले छनोटका क्रममा मन्त्रालयमा पाँचवर्षे रणनीतिक योजना पेस गरिसकेको जानकारी दिँदै बोर्डको आम्दानी बढाउने र सरकारी लक्ष्य अनुरूप परिणाम दिने गरी विभिन्न रणनीतिमा काम गर्ने बताए ।

चलचित्र क्षेत्रसँग सम्बन्धित कानुन निर्माणको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै उनले आवश्यक कानुनी तथा नीतिगत व्यवस्थालाई समेटेर सरकारसँग समन्वय गरी योजनाअनुसार काम गर्ने विश्वास दिलाए ।

नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले उनलाई गत असोज ३० गतेको निर्णयबाट अध्यक्षमा मनोनयन गरेको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit