Advertisement
Advertisement
Corporate Samachar
११ कार्तिक २०८३, मंगलवार
Advertisement
Advertisement

डिसहोमबाट अतिरिक्त शुल्कबिना एचडीमा एनपीएलका खेल हेर्न पाइने

डिसहोमबाट अतिरिक्त शुल्कबिना एचडीमा एनपीएलका खेल हेर्न पाइने
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल डिसहोम डीटीएच तथा आईपीटीभीका ग्राहकले अतिरिक्त शुल्क नतिरी एचडी गुणस्तरमा हेर्न पाउने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

डिसहोमले क्रिकेटप्रेमी दर्शकलाई लक्षित गर्दै प्रतियोगिताका खेल विभिन्न खेल च्यानलमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएको जनाएको छ । कम्पनीका अनुसार सक्रिय सदस्यता भएका ग्राहकले हिमालय स्पोर्ट्स, स्टार स्पोर्ट्स सेलेक्ट वान र स्टार स्पोर्ट्स सेलेक्ट टुमार्फत खेल हेर्न सक्नेछन् ।

सदस्यता अवधि सकिएका ग्राहकले रिचार्ज गरी पुनः प्रसारणको सुविधा लिन सक्नेछन् । यसबाट ग्राहकलाई घरमै बसेर प्रतियोगिताका खेल हेर्न सहज हुने कम्पनीको विश्वास छ । प्रतियोगितामा एकै दिन दुई खेल हुँदा तालिकाअनुसार पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल साँझ ५ बजेबाट सुरु हुनेछ ।

‘एनपीएल सिजन ३, क्रिकेटको जोश, डिसहोमको साथ’ नारासहित कम्पनीले दर्शकलाई प्रतियोगितासँग जोड्ने लक्ष्य राखेको जनाएको छ। कम्पनीका अनुसार अतिरिक्त शुल्कबिना एचडी प्रसारणको सुविधाले क्रिकेटप्रेमीलाई खेलको रोमाञ्चकता घरमै अनुभव गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit