काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आज (मंगलबार)सम्म आवेदन दिन सकिने भएको छ ।
बैंकले वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्ने सात वर्षे अवधिको ‘६ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८९’ निष्कासन गरेको हो । प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याइएको छ ।
कुल निष्कासनमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिने जनाइएको छ। बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणतर्फको ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको बैंकले स्पष्ट गरेको छ।
लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ। आवेदन सी–आस्बा प्रणाली वा मेरो सेयरमार्फत दिन सकिनेछ।















प्रतिक्रिया दिनुहोस्