Advertisement
Advertisement
Corporate Samachar
१० कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

क्रिकेटप्रेमीको उत्साह बढाउन एक्स्ट्रिमले सार्वजनिक गर्यो ‘एन्थम’

क्रिकेटप्रेमीको उत्साह बढाउन एक्स्ट्रिमले सार्वजनिक गर्यो ‘एन्थम’
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को क्रिकेटमय माहोललाई थप रोमाञ्चक बनाउन एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम एन्थम’ सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

क्रिकेटप्रेमीको उत्साह, खेलप्रतिको जोश र समर्थकहरूको भावनालाई संगीतमार्फत प्रस्तुत गर्ने उद्देश्यले तयार पारिएको एन्थमले युवा पुस्तालाई लक्षित गरेको छ। युनिक पोएट (उत्साह जोशी) को शब्द तथा स्वर, ब्लुस (सुरज शाही) को संगीत र ‘एनएफटीपी’ टिमको निर्माणमा तयार भएको एन्थमले क्रिकेटको ऊर्जा र खेलप्रेमीको उत्साहलाई सांगीतिक रूपमा समेटेको छ। एनपीएलको अवसर पारेर सार्वजनिक गरिएको यस एन्थमले प्रतियोगिताको रौनकलाई थप उचाइ दिने अपेक्षा गरिएको छ।

एनपीएलसँगको सहकार्यलाई समेत प्राथमिकता दिँदै एक्स्ट्रिमले विभिन्न फ्रेन्चाइज टोलीसँग प्रायोजन साझेदारी गरेको छ। कम्पनीले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ। त्यस्तै, पोखरा एभेन्जर्ससँग जर्सी प्रायोजकका रूपमा सहकार्य गरेको छ।

क्रिकेट र संगीतलाई जोड्ने यस पहलमार्फत ब्रान्डले युवा पुस्ता तथा क्रिकेट समर्थकसँग आफ्नो सम्बन्ध थप सुदृढ बनाउने लक्ष्य राखेको देखिन्छ। ‘एक्स्ट्रिम एन्थम’ एक्स्ट्रिम इनर्जी ड्रिङ्कको आधिकारिक युट्युब तथा टिकटकमार्फत हेर्न र सुन्न सकिनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit