काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को जारी तेस्रो सिजनमा चितवन राइनोजका ओपनर डेविड मलानले पहिलो अर्धशतक प्रहार गरेका छन्।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा विराटनगर किंग्सविरुद्धको खेलमा मलानले ४१ बलमा ५० रन पूरा गर्दै प्रतियोगिताको पहिलो अर्धशतक बनाएका हुन्। टस हारेर पहिले ब्याटिङमा उत्रिएको चितवनले मलानको अर्धशतकसँगै उत्कृष्ट सुरुआत गरेको छ। अर्धशतक पूरा गर्ने क्रममा उनले पाँच चौका र तीन छक्का प्रहार गरेका छन्।
मलानले अर्का ओपनर देव खनालसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए। चितवनले सुरुआती ६ ओभरमा विकेट गुमाएको थिएन । यद्यपी, वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले नेपाल एनपीएलको पहिलो विकेटको रुपमा राइनोजका डेविड मलानलाई नै क्याच आउट गर्दै पभेलियन फर्काएका छन्।
एनपीएलमा उनको यो डेब्यु खेल हो। उनले मलानलाई १२.२ ओभरमा टोलीका एञ्जेलो म्याथ्युजबाट क्याच गराए। पभेलियन फर्किएका मलानले ७० रनको योगदान गरे । जारी खेलमा १४.२ ओभरको खेल सकिँदा चितवनले तीन विकेटको क्षतिमा १०२ रन बनाएर खेलिरहेको छ। दुवै टोली एनपीएलको तेस्रो सिजनमा जितसहित यात्रा सुरु गर्ने लक्ष्यमा छन् ।














प्रतिक्रिया दिनुहोस्