Advertisement
Advertisement
Corporate Samachar
११ कार्तिक २०८३, मंगलवार
Advertisement
Advertisement

कित्ताकाटको अन्योल हटाउन मन्त्री रावलसँग व्यवसायीले गरे माग

कित्ताकाटको अन्योल हटाउन मन्त्री रावलसँग व्यवसायीले गरे माग
विज्ञापन
Advertisement

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले घरजग्गा कारोबारमा देखिएका समस्या समाधान गर्न आवश्यक सहजीकरण गर्ने आश्वासन दिएकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार चितवन पुगेकी मन्त्री रावललाई नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारी नेतृत्वको टोलीले सौराहामा भेट गरी जग्गा कित्ताकाटमा देखिएका अवरोध हटाउन आग्रह गरेको हो । व्यवसायीले भू–उपयोग नीति स्पष्ट बनाउन, कित्ताकाटसम्बन्धी नीतिगत अन्योल हटाउन तथा लाभकर र राजस्वसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न माग गरेका छन् ।

जवाफमा मन्त्री रावलले जग्गा कारोबारका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउँदै आवश्यक सहजीकरण छिट्टै गर्ने आश्वासन दिएकी थिइन् । व्यवसायीले घरजग्गा क्षेत्रलाई चलायमान बनाउन नीतिगत स्पष्टता आवश्यक रहेको बताएका छन् । भेटमा संघका वरिष्ठ उपाध्यक्ष हेमन्त केसी, उपाध्यक्ष जयराम खत्रीलगायत पदाधिकारी सहभागी थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit