काठमाडौं। नेपाली बजारमा आज पनि सुन र चाँदी दुवैको मूल्य बढेको छ। बुधबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले उकालो लागेको हो। यसअघि मंगलबार पनि सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको थियो। सोमबार प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार बढेर २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बुधबार बढेको छ। मंगलबार प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १० रुपैयाँले वृद्धि भई ३ हजार ९८० रुपैयाँ पुगेको हो। यसअघि मंगलबार भने चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको थियो। सोमबार प्रतितोला ३ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर ३ हजार ९७० रुपैयाँमा झरेको थियो।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ४ हजार ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार १२ अमेरिकी डलरमा किनबेच भएको थियो।














प्रतिक्रिया दिनुहोस्