Advertisement
Advertisement
Corporate Samachar
१२ कार्तिक २०८३, बुधबार
Advertisement
Advertisement

२४१ कम्पनीको शेयर मूल्य बढ्यो, करिब साढे ७ अर्बको कारोबार

२४१ कम्पनीको शेयर मूल्य बढ्यो, करिब साढे ७ अर्बको कारोबार
विज्ञापन
Advertisement

काठमाडौं। शेयर बजारले बुधबार उत्साहजनक वृद्धि हासिल गरेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको हो। बजारमा अधिकांश कम्पनीको शेयर मूल्य बढ्नुका साथै कारोबार रकममा समेत सुधार देखिएको छ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार कारोबारमा आएका कम्पनीमध्ये २४१ वटाको शेयर मूल्य बढेको छ भने ३५ वटाको मूल्य घटेका छन् । तीन कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन। बजारमा मूल्य बढ्ने कम्पनीको संख्या उल्लेख्य रहेकाले समग्र परिसूचकलाई माथि लैजान सहयोग पुगेको देखिन्छ। बजारमा कारोबार रकमसमेत बढेको छ। मंगलबार ५ अर्ब ८० करोड रुपैयाँको शेयर किनबेच भएकोमा बुधबार ७ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब १ अर्ब ६६ करोड रुपैयाँले बढेको छ।

बुधबारको बजारमा जलविद्युत् क्षेत्रका कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढी देखिएको छ। जलविद्युत् उपसमूहको सूचक सबैभन्दा धेरै २.०६ प्रतिशतले बढेको छ। व्यापार उपसमूहबाहेक अन्य सबै समूहगत सूचक सकारात्मक रहे। व्यापार उपसमूहको सूचक ०.४४ प्रतिशतले घटेको छ। यसको विपरीत बैंकिङ १.३६ प्रतिशत, विकास बैंक १.११ प्रतिशत, फाइनान्स १.५५ प्रतिशत, होटल तथा पर्यटन १.३४ प्रतिशत र लगानी उपसमूह १.५२ प्रतिशतले बढेका छन्। जीवन बीमा उपसमूहको सूचक १.५९ प्रतिशतले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन ०.६६ प्रतिशत, माइक्रोफाइनान्स ०.८७ प्रतिशत, निर्जीवन बीमा ०.४४ प्रतिशत र अन्य उपसमूह ०.८५ प्रतिशतले बढेका छन्।

कम्पनीगत मूल्यवृद्धिमा हालै सूचीकृत बेनी हाइड्रोपावर अगाडि देखिएको छ। यसको शेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै बुटवल पावर कम्पनीको शेसेयर मूल्य १०.६० प्रतिशत, सुपर खुदी हाइड्रोपावरको ६.२६ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.२२ प्रतिशत र युनियन हाइड्रोपावरको ५.८६ प्रतिशतले बढेको छ। यसैबीच सिर्जनशील लघुवित्तको शेयर मूल्य २.३० प्रतिशतले घट्दा चिरख्वा हाइड्रोपावरको मूल्य २.१२ प्रतिशत र माथिल्लो मैलुङखोलाको १.९१ प्रतिशतले ओरालो लागेका छन् ।

कारोबार रकमका आधारमा लिबर्टी इनर्जी सबैभन्दा अगाडि रहेको छ। त्यसपछि घलेम्दी हाइड्रोपावर, बुटवल पावर, अपी पावर, सोलु हाइड्रोपावर, ग्रिन भेन्चर्स, पिपुल्स हाइड्रोपावर, सानिमा बैंक, सानिमा मिडिल तमोर र कुमारी बैंक क्रमशः धेरै कारोबार भएका कम्पनीको सूचीमा परेका छन्। विशेषगरी जलविद्युत् समूहमा देखिएको उच्च आकर्षण र अधिकांश कम्पनीको शेयर मूल्यमा आएको सुधारले बुधबार शेयर बजारलाई दोहोरो अंकको वृद्धिमा पुर्याएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit