Advertisement
Advertisement
Corporate Samachar
१५ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

आइसिटी अवार्डको अर्को चरणमा ५० टिम छानिए, उत्कृष्ट पाँचका लागि प्रतिस्पर्धा हुने

आइसिटी अवार्डको अर्को चरणमा ५० टिम छानिए, उत्कृष्ट पाँचका लागि प्रतिस्पर्धा हुने
विज्ञापन
Advertisement

काठमाडौं। सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको प्रतिष्ठित अवार्ड ‘आईसीटी अवार्ड २०२६’ अन्तर्गत चार विधामा ५० स्टार्टअप तथा इनोभेसन सेमिफाइनलका लागि छनोट भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

अवार्डको ११औँ संस्करणका लागि १६ विधामा ७०० भन्दा बढी अनलाइन आवेदन प्राप्त भएका छन्। त्यसमध्ये स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधामा २३० भन्दा बढी आवेदनबाट दुई चरणको मूल्याङ्कनपछि उत्कृष्ट प्रतिस्पर्धी छनोट गरिएको आयोजकले जनाएको छ।

छनोट हुनेमा स्टार्टअप आईसीटी अवार्डका १०, सोसल इनोभेसनका १०, प्रडक्ट आईसीटी अवार्डका १५ र राइजिङ स्टार इनोभेसनका १५ प्रतिस्पर्धी छन्। सेमिफाइनलमा पुगेका टिमहरूले आगामी मङ्सिरको पहिलो साता आयोजना हुने स्टार्टअप एन्ड आइडिया फेस्टमा आफ्ना उत्पादन तथा नवीनतम प्रविधि प्रस्तुत गर्नेछन्। त्यसपछि ग्रान्ड जुरी सेसनमा विशेषज्ञसमक्ष प्रस्तुति र स्पिड डेटिङमा सहभागी हुने अवसर पाउनेछन्।

यी चरण पूरा भएपछि प्रत्येक विधाबाट उत्कृष्ट पाँच छनोट गरी ग्रान्ड फिनालेमा सहभागी गराइनेछ। अन्तिम विजेता पहिचान गर्न फिल्ड भिजिट र सार्वजनिक मतदानसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा हुने अवार्डका व्यक्तिगत तथा संस्थागत विधा र दक्षिण एसियालाई लक्षित स्टार्टअप तथा एआई इनोभेसन अवार्डको छनोट प्रक्रिया पनि जारी छ। सन् २०१६ देखि आयोजना हुँदै आएको आईसीटी अवार्डमा विभिन्न २५ चरणमा जुरी बैठक तथा प्रस्तुति सत्र सञ्चालन गरिने जनाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit