Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सरकारसँग निजी क्षेत्रले ढुक्कसँग सहकार्य गर्न सक्छ भन्ने कुरा स्थापित भैसकेको छ : अध्यक्ष ढकाल

सरकारसँग निजी क्षेत्रले ढुक्कसँग सहकार्य गर्न सक्छ भन्ने कुरा स्थापित भैसकेको छ : अध्यक्ष ढकाल
विज्ञापन
Advertisement

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले संचारमाध्यम एवम संचारकर्मीहरुलाई सरकारको कमी कमजोरीहरुको आलोचना गर्ने पूर्ण छुट रहेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज(सेजन)को २७ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा उनले सेजनलाई सरकारको प्रसंशा होइन, सरकारले गरेको कमी कमजोरीहरुको आलोचना गर्ने पनि छुट भएको भन्दै त्यो अधिकार भरिपूर्ण तरिकाले प्रयोग गर्न पनि आग्रह गरेका छन् ।

उनले भने, ‘सेजनले देशको अर्थतन्त्रको विकासमा, समय सन्दर्भसँग जोडिएर विषयहरुमा छलफल गर्नुहुन्छ । बजेटका बेलामा वा त्यस्तै महत्वपूर्ण विषयमा छलफल गर्नुहुन्छ । साथै छलफल र अन्तरक्रिया आयोजना गरेर जस्तो किसिमको प्रतिक्रिया दिनुहुन्छ त्यो निरन्तरता दिनुहुन्छ भन्ने अपेक्षा गर्न चाहन्छु । तपाईंहरुले सरकारको प्रशंसा होइन, सरकारले गरेको कमी कमजोरीहरुको आलोचना गर्ने पनि छुट छ । त्यो अधिकार भरिपूर्ण तरिकाले प्रयोग गर्न सक्नुहुन्छ ।’

सोही क्रममा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्र ढकालले सरकारको आलोचना गरेर मात्र होइन सरकारसँग सहकार्य गरेर पनि निजी क्षेत्रको माग पूरा हुनसक्ने कुरा महासंघले स्थापना गरेको बताएका छन् ।
उनले भने, ‘सेजनले आर्थिक गतिविधि बढाउने र निजी क्षेत्र प्रवद्र्धन गर्ने हिसाबले काम गर्नु भएको छ । दुई वर्ष अगाडि नेपालको अर्थतन्त्रको जुन भयावह अवस्था थियो त्यो अवस्थाबाट बाहिर आउनका लागि नेपाल उद्योग वाणिज्य महासंघले पहिलो पटक सरकारसँग सहकार्य गरेको थियो । त्यो बेला नै सरकारको आलोचना गरेर मात्र होइन सरकारसँग सहकार्य गरेर पनि निजी क्षेत्रको माग पूरा हुनसक्ने कुराको स्थापना गरेका थियौं ।’

नेपालमा सबै कानूनहरु हुँदापनि कार्यान्वयन सही तरिकाले नभएका कारणले पनि सरकारले खोजेको जस्तो परिणाम नआएको पनि उनको भनाइ छ । नेपाल चम्बर अफ कमर्शको अध्यक्ष कमलेश अग्रवालले अर्थतन्त्रका केही सूचक सकारात्मक देखिएपनि निजी क्षेत्र लगानीमा धेरै आकर्षित हुन नसकेको बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit