Advertisement
Advertisement
Corporate Samachar
२० असार २०८३, शनिबार
Advertisement

सहि ठाउँमा सहि व्यक्तिको छनोट नगर्दा सरकारहरु असफल भए : मन्त्री घिसिङ

सहि ठाउँमा सहि व्यक्तिको छनोट नगर्दा सरकारहरु असफल भए : मन्त्री घिसिङ
विज्ञापन
Advertisement

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले अब देशको नेतृत्व गर्नुपर्छ भन्ने आफूलाई लागेको बताएका छन् । काठमाडौंमा बुधबार उज्यालो पार्टी नेपालको घोषणासभामा सम्बोधन गर्दै मन्त्री घिसिङले अब देशकै नेतृत्व आफूले गर्नुपर्छ जस्तो लागिरहेको धारणा राखे ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो सरकारमा रहँदा भएका तनावपूर्ण घटनाको उपहार स्वरुप आफूले नागरिक सरकारमा मन्त्री बन्न पाएको उल्लेख गर्दै उनले देशमा संकटका बेला आफ्नो उपस्थिति त्यहाँ हुने गरेको दाबी गरे । ‘जुन बेला देशमा, संस्थामा क्राइसिस आउँछ मेरो उपस्थिति हुँदो रहेछ। विद्युत् प्राधिकरणमा क्राइसिस भएका बेला मलाई निर्देशक बनाउनुभयो’ उनले थपे, ‘चिलिमे हाइड्रोपावरमा पनि क्राइसिस भएका बेला त्यहाँका स्थानीय जनता केन्द्रित भएर काम गरेँ । त्यहाँबाट पनि निकालिएँ, आन्दोलन भयो त्यपछि फेरि विद्युत् प्राधिकरणमा आएँ र त्यसपछि समस्या समाधान पनि भयो ।’

यस्तै उनले सहि व्यक्ति सहि स्थानमा नपुगे देश परिवर्तन हुन गाह्रो हुने तथा समृद्धिको एजेण्डा असफल हुने धारणा राखे । उनले भने, ‘सहि व्यक्ति, सहि समयमा, सहि ठाँउमा हुनुपर्छ । त्यसपछि ठूलो परिवर्तन सम्भव हुन्छ । यदि सहि व्यक्ति छानिएन आफ्ना व्यक्तिहरु, हाम्रा व्यक्तिहरु छानियो भने देश परिवर्तन हुन गाह्रो छ ।’

मन्त्री घिसिङले राजनीतिक नेतृत्वले ‘राम्रालाई पन्छाएर हाम्रा’ लाई अवसर दिँदा यसअघिका सरकार र नेतृत्व असफल भएको बताए । उनले भने, ‘ किन हरेक राजनीतिक परिवर्तन पछिका नेताहरु, सरकारहरु किन सफल भएनन् ? राजनीतिक परिवर्तनमा उहाँहरु एकदमै अब्बल देखिनु भयो तर त्यही व्यक्तिले विकासको एजेण्डा लिएर अगाडि बढ्दा सफल हुँदैन् रहेछ भन्ने कुरा प्रमाणित भएको छ,’ उनले थपे, ‘ सहि व्यक्तिहरुको छनोट भएन, सहि व्यक्तिहरुलाई यदि मन्त्रालयहरु जिम्मा दिएको भए, सहि व्यक्तिहरुलाई सचिवदेखि तलसम्मको जिम्मेवारी दिएको भए त्यो अवस्था आउँदैन् थियो । प्रधानमन्त्रीदेखि तलसम्मको व्यक्तित्व सहि हुनुपर्छ ।’

राजनीतिक परिवर्तन, सिस्टम र आइडोलोजिले मात्र देश नबन्ने उल्लेख गरेका उनले सहि नेतृत्व नै देश बनाउन आवश्यक मेरुद्दण्ड भएको तर्क गरे । यस्तै उनले जेनजी आन्दोलनबाट भएको परिवर्तनलाई आगामी निर्वाचनले संस्थागत गर्ने धारणा राखे । उनले भने, ‘देशलाई फेरि पहिलाकै अवस्थामा कसरी लाने भन्ने कुरा एकदमै महत्वपूर्ण छ । त्यो महत्वपूर्ण जिम्मेवारीमा हामी छौ । यो परिवर्तनबाट देशले निकाश पाउनु पर्छ भनेर लागेका छौं । अब फागुन २१ को चुनावले एउटा परिवर्तनलाई संस्थागत गर्ने छ ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit