Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दराज एक्सप्रेसद्वारा ‘लास्ट–माइल सोलुशन’ नयाँ सेवा सार्वजनिक

दराज एक्सप्रेसद्वारा ‘लास्ट–माइल सोलुशन’ नयाँ सेवा सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं ।अग्रणी ई–कमर्स प्लेटफर्म दराजले आफ्नो लजिस्टिक इकाई दराज एक्सप्रेस मार्फत नयाँ सुविधा ‘लास्ट–माइल डेलिभरी सोलुशन’ सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको यस नयाँ सेवा, दराजको प्लेटफर्ममा नहुँदा पनि आफ्ना उत्पादनहरू बिक्री गर्ने ब्रान्ड र बिक्रेताहरूका लागि छिटो, भरपर्दो र प्रविधिमुखी वितरण समाधानका रूपमा प्रस्तुत गरिएको कम्पनीको भनाइ छ ।

विज्ञापन
Advertisement
Advertisement

यसका माध्यमबाट दराज एक्सप्रेसले नेपालभरका व्यवसायहरूका लागि चुस्त, सुरक्षित र विश्वासिलो वितरण सञ्जाल प्रदान गर्दै उनीहरुको उत्पादनमा केन्द्रित रही व्यवसाय विस्तार गर्न अझ सशक्त बनाउने उद्देश्य लिएको बताइएको छ । बजारमा विद्यमान सेवा प्रदायकहरूले प्रदान गर्न नसकेको गति, सन्तुष्टि र पारदर्शिताको आवश्यकता पूरा गर्ने सोचका साथ दराज एक्सप्रेसले यो सेवा प्रारम्भ गरेको जनाएको छ । कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित रुट–प्लानिङ प्रणाली र रियल–टाइम पार्सल ट्रयाकिङ प्रविधिको प्रयोगबाट स्थानीय अर्डरहरू २४ घण्टाभित्र र अन्तर–सहर डेलिभरीहरू ४८ घण्टाभित्र हुँदै आएको छ ।

यसले औसत डेलिभरी समय १.५ दिनभन्दा कममा झार्न उल्लेख्य सहयोग पु¥याएको छ । साथै, दराजले ९० प्रतिशतभन्दा बढी सफल नतिजा सहित ‘लास्ट–माइल डेलिभरी सोलुशन’ ले सबै मूल्यका पार्सलहरूको वितरण सुनिश्चित गर्ने एकीकृत समाधान प्रदान गरिरहेको उल्लेख गरेको छ ।

हालसम्म डिइएक्स को ‘लास्ट–माइल डेलिभरी सोलुशन’ को नेपालभरका १०८ प्रमुख सहरहरूमा सेवा विस्तार गरिसकेको छ । त्यसैगरी, आगामी ११.११ अभियानअघि थप ७० सहरहरूमा आफ्नो सेवा विस्तार गर्ने योजना दराजले बनाएको उल्लेख छ । उक्त सेवामार्फत विक्रेताहरूलाई हप्तामा धेरैपटक क्यास–अन–डेलिभर रकम सेटलमेन्टको सुविधा मिल्नेछ ।

‘डिइएक्सले दक्षिण एसियाभरकै ‘लास्ट–माइल डेलिभरी’ प्रणालीलाई पुनःपरिभाषित गरिरहेको छ,’ दराज ग्रुपका मुख्य लजिस्टिक अधिकृत अहमद तनवीरले भने, ‘ठूला स्तरका अनलाइन खुद्रा व्यवसायीहरू होउन् वा तीव्र गतिमा वृद्धि उन्मुख स्वतन्त्र विक्रेताहरु, डिइएक्सले सबैका लागि सरल, छिटो, भरपर्दो र तथ्याङ्कमा आधारित डेलिभरी सुविधा तथा उत्कृष्ट प्रदर्शनीको सुनिश्चितता प्रदान गर्छ । हाम्रो उद्देश्य लजिस्टिक्सलाई अझ सरल बनाउँदै, ग्राहक अनुभवलाई थप सुदृढ पार्ने र ई–कमर्स उद्योगमा दिगो वृद्धि ल्याउने डेलिभरी पारिस्थितिकी तन्त्रको निर्माण गर्र्नु हो ।’

यस समाधानमार्फत DEX ले नेपालका ब्रान्ड र विक्रेताहरूलाई विस्तारित बजार पहुँच, सजिलो व्यवसाय सञ्चालन, र मजबुत क्षेत्रीय ई–कमर्स इकोसिस्टम निर्माण गर्न सहयोग पु¥याउने लक्ष्य लिएको छ । व्यवसाय गर्न सजिलो बनाउने यी पहलहरूले दराजको वाणिज्य शक्ति मार्फत समुदाय उत्थान गर्ने उद्देश्यलाई अझ सबल बनाएको दराजले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit