images
images
images

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन

images
images

 काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज (फागुन १३) अन्तिम दिन रहेको छ ।

कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन १५ गते बुक क्लोज गर्दैछ । भोलि अर्थात् १४ गते महाशिवरात्रिका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । सोही कारण शेयर बजार पनि बन्द हुनेछ । त्यसैले लाभांश हात पार्न आजसम्म शेयरधनी बनिसक्नुपर्ने हुन्छ ।

images
images

कम्पनीको साधारणसभा फागुन २५ गते दियो महल, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेबाट बस्नेछ । सभाले हाल कायम चुक्ता पुँजीको २१.०५२६४ प्रतिशत करसहित नगद लाभांश पारित गर्नेछ । दायित्वअन्तर्गत गरिएको खर्च स्वीकृत गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने भएको

images
images

प्रतिक्रिया दिनुहोस्