Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नेशनल लाईफ इन्स्योरेन्सद्वारा पोखरामा ३ दिने ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम’ सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सद्वारा पोखरामा ३ दिने ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम’ सम्पन्न
विज्ञापन
Advertisement

पोखरा ।नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीहरूको प्राविधिक क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले तीन दिने ‘इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम’ पोखरास्थित होटल ग्राण्डमा सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

‘ट्रान्जिसनिङ टु द एज अफ आर्टिफिसियल इन्टेलिजेन्स’ भन्ने नारासहित आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा देशभरका शाखा र केन्द्रीय कार्यालयका गरी २७० जना कर्मचारीको सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन कम्पनीकी अध्यक्ष श्रीमती प्रेमाराज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरेकी थिइन् ।

उद्घाटन मन्तव्यमा उनले बीमा क्षेत्र प्रविधिमैत्री हुँदै गएको सन्दर्भमा आर्टिफिसियल इण्टेलिजेन्ससम्बन्धी तालिमले कम्पनीको व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त व्यक्त गरे ।

सो अवसरमा कार्यसम्पादन मूल्यांकनका आधारमा ‘बेस्ट इम्प्लोइ अवार्ड–२०८२’ प्राप्त गर्ने सात जना कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले दक्ष कर्मचारीबाट नै उत्कृष्ट परिणाम प्राप्त हुने भन्दै कर्मचारीलाई प्रविधिमैत्री बनाउन एआई तालिमको व्यवस्था गरिएको बताए । उनका अनुसार डाटा विश्लेषण तथा ग्राहक सेवा प्रणालीलाई प्रभावकारी बनाउन यस्ता तालिम उपयोगी हुनेछन्। साथै बीमा व्यवसायसँग प्रत्यक्ष सम्बन्धित सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रशिक्षण पनि कार्यक्रमको मुख्य आकर्षण रहेको थियो।

कार्यक्रममा ब्रोडवे इन्फोसिसका सन्देश भट्टराईले आर्टिफिसियल इण्टेलिजेन्ससम्बन्धी विस्तृत प्रशिक्षण प्रदान गरेका थिए भने नेपाल बीमा प्राधिकरणका उप–निर्देशक पदम प्रसाद सोडारीले बीमामार्फत हुन सक्ने सम्पत्ति शुद्धीकरण तथा आतंकवादी वित्तीय लगानी रोक्न सचेत रहनुपर्ने विषयमा प्रशिक्षण दिएका थिए ।

कर्मचारीहरूको मानसिक तथा शारीरिक स्वास्थ्य प्रवर्द्धनका लागि आर्ट अफ लिभिङका डा. डोन्जन लामिछानेबाट योग प्रशिक्षण पनि सञ्चालन गरिएको थियो। पेशागत ज्ञान अभिवृद्धिका लागि आयोजित परीक्षामा उत्कृष्ट नतिजा ल्याउने कर्मचारीहरूलाई नगद प्रोत्साहनसहित सम्मान गरिएको कम्पनीले जनाएको छ। साथै प्रदेशस्तरीय फुटसल प्रतियोगितामा उत्कृष्ट हुने टोलीहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमको समापनमा कम्पनीका उप–कार्यकारी प्रमुख स्मृति राज कँडेलले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि कर्मचारीको सीप, दक्षता र सेवा गुणस्तर अभिवृद्धिका लागि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit