Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

‘कोडेभर ७.० ’मा ३५ परियोजना अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट

‘कोडेभर ७.० ’मा ३५ परियोजना अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट
विज्ञापन
Advertisement

काठमाडौं । विद्यार्थीमा एआई, रोबोटिक्स र कोडिङ सीप विकास गर्ने उद्देश्यले स्किल्सअपले ‘कोडेभर ७.०’ राष्ट्रिय प्रतियोगिता सम्पन्न गरेको छ। निमा एजुकेसन फाउन्डेसन र स्टिमपेडियासँगको सहकार्यमा आयोजित प्रतियोगिता सोमबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा सम्पन्न भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

देशभरका ५० भन्दा बढी विद्यालय तथा कलेजबाट ३०० भन्दा बढी विद्यार्थी सहभागी प्रतियोगितामा ७–१८ वर्ष उमेर समूहका विद्यार्थीहरूले ‘स्वस्थ भविष्यका लागि प्रविधि’ थिममा आधारित करिब १०० परियोजना प्रस्तुत गरेका थिए। प्रतियोगिता इनोभेसन एन्ड आन्टरप्रेनरसीप, वेलनेस वेभ एआई–रोबो च्यालेन्ज र रोबो सकर लिग गरी तीन ट्र्याकमा सञ्चालन गरिएको थियो ।

स्वास्थ्य, वातावरण र सुरक्षामा केन्द्रित उत्कृष्ट परियोजनालाई विभिन्न विधामा पुरस्कार प्रदान गरिएको छ । वेलनेस वेभ एआई–रोबो च्यालेन्ज र रोबो सकर लिग (सिनियर÷जुनियर) का विजेताले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताबाट उत्कृष्ट ३५ परियोजना आगामी मे १६–१७, २०२६ मा इन्डोनेसियाको जकार्तामा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit