
काठमाडौं । प्रहरीले पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरेको छ ।
बुधबार महाशिवरात्रिका दिन पशुपतिनाथ क्षेत्रमा शंकास्पद गतिविधि गर्नेहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।
पक्राउ पर्नेमाथि हिजोदेखि नै प्रहरीले निगरानी बढाएको थियो । मन्दिर परिसरमा अभद्र व्यवहार गर्नेलाई नियन्त्रणमा लिइएको बोहराले जानकारी दिए ।
नियन्त्रणमा परेकालाई प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
आज शिवरात्रि दिन मन्दिरमा कुनै अप्रिय घटना नहोस भन्ने हेतु पशुपति आसपास क्षेत्रमै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्